• काङ्ग्रेस गढमा बालकृष्ण खाडकै भाईले बेहोरे हार, एमालेले गाड्यो किल्ला

    Reporter: Becoming Kishor
    Published: Tuesday, July 4, 2017
    A- A+
    बुटवल :  रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेकपा एमाले बिजयी भएको छ । तिलोत्तमा नेपाली कांग्रेसका नेता वालकृष्ण खाणको चुनाव क्षेत्र हो । खाणकै सहोदर भाई रामकृष्ण खाणलाई झण्डै तीन हजार मतान्तरले एमालेका उम्मेदवार बासुदेव घिमिरेले पराजित गर्नुभयो । जनमुक्ति र कांग्रेसको गठबन्धन भएको तिलोत्तमामा मेयर र उपमेयर सहित वहुमत वडाहरुमा एमालेले जीत हासिल गरेको हो ।


    एमालेका उम्मेदवार बासुदेव घिमिरे १९ हजार ८४ मत सहित बिजयी हुनुभयो भने निकटमप्रतिद्वन्द्वी रामकृष्ण खाणले १६ हजार २सय ६४ मत पाउनुभयो । उपमेयरमा एमालेकी जागेश्वरी चौधरी १९ हजार २ सय २४ मत सहित बिजयी हुनुभयो भने निकटतम प्रतिद्वन्द्वी जनमुक्तिकी गीता सारुले १६ हजार ६ मत प्राप्त गर्नुभयो । यो नगरमा जनमुक्तिले रुख चिन्हबाटै चुनाव लडेको थियो ।

    १७ वटा वडा रहेको तिलोत्तमामा वडा नं ९, १०, १६ र १७ कांग्रेस गठबन्धनले जितेको छ भने अरु १३ वटा वटा एमालेको प्यानल विजयी भएको छ । कांग्रेस नेता खाणको वडा नम्बर ८ मा समेत एमालेले प्यानलै जितेको छ । नगरमा जीत हासिल गरे पनि एमाले उपमहासचिव घनश्याम भुसालको वडामा कांग्रेस बिजयी भयो ।

    Subjects:

  • No Comment to " काङ्ग्रेस गढमा बालकृष्ण खाडकै भाईले बेहोरे हार, एमालेले गाड्यो किल्ला "