• स्थानीय चुनाबमा एमाले १ नम्बर पार्टी बनेपछि शान्ता चौधरीको आयो बोल्ड प्रतिक्रिया

    Reporter: Becoming Kishor
    Published: Thursday, July 6, 2017
    A- A+
    काठमाडौँ २३ असार – स्थानीय चुनाबमा मधेशका जिललाहरुमा पनि नेकपा एमालेले शानदार जित हासिल गरेपछि एमाले नेत्री शान्ता चौधरीले एमालेमाथिको मधेश बिरोधी आरोप गलत साबित भएको बताउनुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर नेत्री चौधरीले केही बुद्धिजिबी र पत्रकारहरुको थेगो कै रुपमा ‘एमाले भनेको मधेसी, थारु जनजातिको विरोधी हो ।’ भन्ने गरेकामा अब त्यसलाई मधेसी जनताले जै गलत साबित गरिदिएको टिप्पणी गर्नुभएको छ ।



    सामाजिक सञ्जाल समसामयिक बिवषयमा आफ्ना धाराणाहरु राखिरहेने नेत्री चौधरीले शुक्रबार बिहान फेसबुक पोष्ट गरेर मधेसी, जनजाति तथा थारु समुदायले सबैभन्दा विश्वाश गरेको पार्टी एमाले हो भन्ने चुनावले छर्लङग पारेको बताउनुभएको छ ।

    उहाँले लेख्नुभएको छ, “नेपालमा एकखाले राजनीतिकर्मी तथा बुद्धिजिवी र पत्रकारहरुको थेगो नै थियो– ‘एमाले भनेको मधेसी, थारु जनजातिको विरोधी हो ।’ उनीहरु सुगा रटेजसरी नै यो आरोप भट्याउँथे । हामीले एमाले मधेसी, थारु जनजातिको विरोधी होइन भन्दै खण्डन गर्दै हिँड्नुपथर््यो । अब त्यो दिन रहेन । थारु, मधेसी तथा जनजाति समुदायको सबैभन्दा मित्र पार्टी एमाले हो भन्ने स्थानीय चुनावले प्रमाणित गर्यो । मधेसी, जनजाति तथा थारु समुदायले सबैभन्दा विश्वाश गरेको पार्टी एमाले हो भन्ने चुनावले छर्लङग पार्यो ।”

    उहाँले अगाडि लेख्नुभएको छ, “त्यस्तो आरोप जनताले नै भोट हाले खण्डन गरिदिए । अब कुन नयाँ आरोप अविष्कार गर्छन् र एमालेलाई प्रहार गर्छन् ? उत्सुकताको विषय भएको छ । अब एमालेले यस्ता अर्थ्हिन आरोपको खण्डनमा समय लगाउनु हुँदैन । आरोप लगाउनेले लगाइरहन्छन्, उनीहरुको काम नै आरोप लगाउने हो । एमालेको काम खण्डन गर्ने होइन, काम देखाउने हो । अब हामीले एमाले भनेको काम गरेर देखाउने पार्टी हो भन्ने प्रमाणित गर्नुपरेको छ । यसका लागि एमालेका सम्पूर्ण कार्यकर्ता तथा नेताहरु सक्रिय भएर लाग्नुपर्छ ।”

    एमालेले स्थानीय चुनावमा ऐतिहासिक जित हासिल गरेको भन्दै नेत्री चौधरीले एमाले देशका एक नम्बर पार्टी बन्नुको कारणबारे एक वाक्यमा जवाफ लेख्नुभएको छ– “एमाले जनता माझ बसेकोले, जनताको भावना बोलेकोले, जनताको विचार बोलेकोले नेपालको एक नम्बर पार्टी भयो ।”

    Subjects:

  • No Comment to " स्थानीय चुनाबमा एमाले १ नम्बर पार्टी बनेपछि शान्ता चौधरीको आयो बोल्ड प्रतिक्रिया "