• देशकै अनौठो खबर – ओलीको इलाकामा एमालेको भाग्य यसरी चम्कियो

    Reporter: Becoming Kishor
    Published: Tuesday, July 4, 2017
    A- A+
    झापाको कमल गाउँपालिकाको प्रमुखमा कांग्रेस र एमालेका उम्मेदवारले बराबर मत ल्याएपछि गोलाप्रथाबाट विजेता घोषणा गरिएको छ । गोलाप्रथाको नतिजाअनुसार एमालेका तर्फबाट गाउँपालिका प्रमुखकी उम्मेदवार मेनका काफ्ले विजयी भइन् ।



    कांग्रेसका उम्मेदवार हुकुमसिंह राई र एमालेकी उम्मेदवार मेनकाले समान मत प्राप्त गरेपछि त्यहाँ अन्यौलता उत्पन्न भएको थियो । दुवै उम्मेदवारले समान ८ हजार २ सय ७५ मत प्राप्त गरेका थिए । समान मत आएपछि कमल गाउँपालिकाका राजनीतिक दलहरुबीच बैठक बसेको थियो । गोलाप्रथाद्धारा विजयी घोषणा गर्ने कि पुनः मतगणना सुरु गर्ने भन्ने निर्णय गर्न उक्त बैठक बसेको हो । अन्तत : गोलाप्रथा गर्ने निर्णयमा दलहरु पुगेका थिए । मेनका एक नम्बर प्रदेशबाट स्थानीय तहको प्रमुख पदमा निर्वाचित हुने महिलो महिला भएकी छिन् ।

    तर, मतगणना सकिनुभन्दा अघि नै एमालेका केही नेताले एमालेकी उम्मेदवार मेनकालाई सामाजिक सञ्जालमा बधाई दिन थालिसकेका थिए । एक नम्बर प्रदेशको स्थानीय तहको प्रमुख पदमा पहिलो पटक महिला निर्वाचित भएको भन्दै फेसबुकमा मेनकालाई बधाईको ओइरो लागेको थियो । यसरी सामाजिक सञ्जालमा बधाई दिन हतारिनेमा एमाले सचिव योगेश भट्टराई पनि थिए । तर, कमल गाउँपालिकाका मतदान अधिकृत प्रेमप्रसाद लुईंटेलले दुई उम्मेदवारको समान मत आएको बताएपछि योगेशलगायत अधिकांशले फेसबुकबाट उक्त सामाग्री हटाएका थिए । त्यसको दुई घण्टापछि मात्र गोलाप्रथाबाट मेनका विजयी बनेकी हुन् ।

    Subjects:

  • No Comment to " देशकै अनौठो खबर – ओलीको इलाकामा एमालेको भाग्य यसरी चम्कियो "