• ‘संविधान संशोधन गर्छु, गर्छु’ भन्दै ७८ जनालाई मन्त्रीको आश्वासन…

    Reporter: Becoming Kishor
    Published: Monday, July 10, 2017
    A- A+
    काठमाडौं  । गतवर्ष असारमा बनेको कांग्रेस–माओवादी सत्ता गठबन्धनका एकजना प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो १० महिने कार्यकाल संविधान संशोधनको रट लगाएरै विताए । त्यही गठबन्धनका अर्का प्रधानमन्त्री आए शेरबहादुर देउवा । संविधान संशोधन बाहेक राष्ट्रको एजेण्डा नै नभएजसरी उनी पनि प्रधानमन्त्री अघि देखि नै ‘संविधान संशोधन गर्छु, गर्छु’ भनिरहेका छन् ।



    एकजना प्रधानमन्त्री संविधान संशोधन गर्न नसकेर विदा भए अर्का प्रधानमन्त्री जन्मिंदै संशोधनको काम गर्छु भन्ने बाचाबाट कार्यकाल थालनी गरिरहेका छन् । देशका लागि संविधान संशोधन आवश्यक छैन र संशोधन माग पनि होइन भन्ने कुरा स्थानीय चुनाव मार्फत जनताले स्पष्ट सन्देश दिएका छन् । संविधान संशोधन विना चुनावै हुन नदिने वताउँदै आएको राजपा र त्यसलाई सत्तामै बसेर सघाउँदै आएका कांग्रेस–माओवादी सामु चुनावमा उत्साहपूर्वक सहभागिता जनाएर जनताले अहिले संविधान संशोधन आवश्यक छैन भनिदिएका छन् ।
    तर भारतीय दूतावास लैनचौरले प्रत्यक्ष रुपमा राजपालाई अघि सारेर र अप्रत्यक्ष रुपमा आफैं अघि सरेर कांग्रेस–माओवादी गठबन्धनलाई संविधान संशोधनका लागि एकोहोरो दवाव दिइरहेको छ । संविधान संशोधन मार्फत नागरिकता प्रावधानलाई खुकुलो गर्ने, बहुराष्ट्रिय राज्यको अवधारणा अनुसार प्रदेशहरु निर्माण गर्ने, जनउत्तरदायी प्रतिनिधित्व ब्यवस्थाको साटो अनिर्वाचित भारीय एजेन्टहरुको निर्णयाधिकार रहनेगरी स्थानीय तहका अधिकार कटौती गर्ने कबुलमा कांग्रेस–माओवादी गठबन्धन भारतले बनाइदिएकाले जतिबेला पनि संविधान संशोधन गर्छु भन्नु यिनीहरुका लागि वाध्यता छ ।

    गठबन्धनका अघिल्ला प्रधानमन्त्री दाहालले १० महिना संविधान संशोधन गर्छु भन्ने गीत गाएरै विताए । संशोधनको औचित्य, जनमत, आवश्यकता केही हेरेनन् । गठबन्धन बनाइदिने भारतीय दूतावासप्रति उत्तरदायी भएकाले संविधान संशोधन गर्छु भन्नु उनको वाध्यता थियो । यही गठबन्धनका दोस्रा प्रधानमन्त्री देउवा पनि पाइला पाइलामा संविधान संशोधन गर्छु भन्ने बाचा गर्न र तीनै तहको चुनाव मार्फत संक्रमणकाल ब्यवस्थापन गर्ने राष्ट्रिय एजेण्डालाई पर धकेल्न अग्रसर छन् । भातीय शासकसामु संविधान संशोधन गर्ने कबुलको जगमा बनेको गठबन्धन भएकाले संविधान संशोधन आवश्यक भए पनि नभए पनि संशोधन गर्छु गर्छु भन्नु दाहाल देउवा दुवैको वाध्यता हो । त्यसका लागि देउवा–दाहालले प्रयत्न गरेनन् भने लैनचौर लगाम झट्कार्न थाल्छ, अनि दाहाल देउवा राजपालाई वालुवाटार बोलाएर तत्काल संशोधन गरिहाल्ने वताउन थाल्छन् ।

    अहिले भारतले निर्णायक रुपमा संविधान संशोधनको दवाव दिइरहेको छ । त्यसैले प्रधानमन्त्री निर्वाचित भएको डेढमहिनासम्म मन्त्रिपरिषद विस्तार पनि नगरी पहिले संशोधन गर्ने वचन देउवाले दिएका छन् । त्यसका लागि संसदमा रहेका साना पार्टीहरुलाई पनि मागेजति मन्त्रालय दिने वचन देउवाले दिएका छन् । संविधान संशोधन गरिसकेपछि मन्त्री दिए पनि नदिए पनि अहिले जति मन्त्रालय मागे पनि दिने वचन दिंदै देउवा–दाहाल गठबन्धन साना पार्टी फकाउने प्रयासमा छन् ।

    संविधान संशोधनका पक्षमा दुईतिहाई बहुमत पुर्याउन देउवासँग राप्रपाले उपप्रधानमन्त्री सहित ५ देखि ६ मन्त्रालय मागेको छ । त्यस्तै फोरम लोकतान्त्रिकले पनि अहिले भइरहेको मन्त्रालयको संख्यामा थप मागिरहेको छ । अन्य साना पार्टीहरुलाई पनि एकसिटेलाई एउटा दुई सिटेलाई दुई मन्त्रालय दिने आश्वासन देउवाले दिएका छन् । कांग्रेस–माओवादीका नेताको पनि ठूलै समुह मन्त्री हुने दौडमा छन् । स्रोतका अनुसार संविधान संशोधनका लागि देउवाले मन्त्री बनाइदिने आश्वासन इिएकाहरु सवैलाई मन्त्री बनाउने हो भने मन्त्रालयको संख्या ७८ हुने जानकार स्रोतले वताएको छ । चक्रपथ डटकमबाट साभार गरिएको ।

    Subjects:

  • No Comment to " ‘संविधान संशोधन गर्छु, गर्छु’ भन्दै ७८ जनालाई मन्त्रीको आश्वासन… "