• करोडौं ठगि आरोपमा नेविसंघका पूर्वउपाध्यक्ष पक्राउ

    Reporter: Becoming Kishor
    Published: Monday, July 10, 2017
    A- A+
    काठमाडौं, २६ असार । सत्तारूढ दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका पूर्वउपाध्यक्ष ऋषिकेश जंग शाह ठगि आरोपमा पक्राउ परेका छन् । विदेश पठाइदिने भन्दै करोडौं पैसा ठगि गरेको भन्दै उजुरी परेपछि शाहसहित चार जना पक्राउ परेका हुन् ।



    उनलाई १५ दिन थुनामा राख्न अनुमति दिइएको छ । शाहकै गृह जिल्ला सल्यानका युवायुवतीसँग १ करोड ९७ लाख रुपैयाँ उठाएर फरार भएको भन्दै प्रहरीमा उजुरी परेको थियो । अन्य जिल्लाका पनि थुप्रैसँग रकम उठाएको शाहलार्इ अारोप लागेको छ ।

    जापान जान १० लाख र अमेरिका जान २० लाख लाग्ने भन्दै शाहले पैसा उठाएको भन्दै उजुरी परेपछि महानगरीय अपराध महाशाखाले बुधबार पक्राउ गरेको एसएसपी प्रकाशजंग कार्कीले बताए । -खबरडबली

    Subjects:

  • No Comment to " करोडौं ठगि आरोपमा नेविसंघका पूर्वउपाध्यक्ष पक्राउ "