• किन प्रहरीले संचिता लुुईंटेललाई सुटिङ् स्थलबाटै समात्यो?

    Reporter: Becoming Kishor
    Published: Monday, July 3, 2017
    A- A+
    सुन्दरी नायिका संचिता लुुईंटेललाई झापाबाट प्रहरीले पक्राउ गरेको छ । चलचित्र ‘राधा’को सुटिङमा व्यस्त यि नायिकालाई यहि फिल्मको दृष्यका लागि प्रहरीले पक्राउ गरेका थिए ।



    प्रहरीले हत्कडी लगाएर लैजादैं गरेको फोटो पठाउँदै संचिताले किन प्रहरीले समातेको हो त्यो भने खुलाउन चाहिनन् । उनले फिल्मको कथा अहिले नै नभन्ने बताएकी छिन् ।

    केहि समयको अन्तरालपछि फिल्मको मुख्य भूमिकामा रहेर सुटिङका लागि झापा पुुगेकी संचिता आफ्ना फ्यानहरु देखेर निक्कै उत्साहित भएकी छिन् ।

    सन्तान हुर्कान लागेर केहि वर्ष फिल्म क्षेत्र छाडेकी संचिता छोराछोरी मात्रै भनेर बसेको भए आफूलाई सिनेमामा हेर्न चाहने दर्शकलाई अन्याय हुने उनले राम्रैसँग बुुझेकी छिन् ।

    योगेश घिमिरेको एक्सन कटमा इलामको श्री अन्तु डाँडामा ‘राधा’का गीत सुटिङ सकेर बाँकी सुटिङ्का लागी उनी अहिले झापामा छन् ।

    यहि फिल्म मार्फत संचिता नायक जीवन लुुईंटेलको जोडीका रुपमा देखा पर्दैछिन् । फिल्ममा संगै काम गर्न मन भएर पनि संचिताले जीवनसँग स्क्रिन शेयर गर्न पाएकी थिइनन् ।

    जीवनसँग मुख्य भूमिकामा रहरे अभिनय गर्न पाउँदा उनी निक्कै खुुशी छन् । संचिताकै आग्रहमा यो फिल्ममा नायक जीवनले छमछमी नाचेको उनका दर्शकले हेर्न पाउने भएका छन् ।

    सफल चलचित्र ‘छोडी गए पाप लाग्ला’ पछि आफूले अर्को सफल चलचित्रमा अभिनय गर्न लागेको बताएकी संचिताले ‘राधा’को कथालाई दर्शकले मन पराउने बताएकी छिन् ।

    महिलाको कथा र जनजीवनको प्रेम भाव बोकेर पर्दामा आउन लागेको राधामा आफूले अहिलेसम्मको फरक भूमिका निर्वाह गर्न लागेको उनको भनाई छ । – एस लर्नबाट साभार गरिएको

    Subjects:

  • No Comment to " किन प्रहरीले संचिता लुुईंटेललाई सुटिङ् स्थलबाटै समात्यो? "