• राष्ट्रपतिले १६ करोड मागको भन्दै स्याल हुँइया मच्याइएको भन्दै ओलीले दिए यस्तो चेतावनी

    Reporter: Becoming Kishor
    Published: Tuesday, July 11, 2017
    A- A+
    काठमाडौँ, २७ असार – पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिले गाडी खरिद गर्न लागि भन्दै १६ करोड मागेको भनेर हल्ला फैलाएको विषयमा दुख व्यक्त गरेका छन्।

    अध्यक्ष ओलीले गाडी खरिद गर्ने कुरा राष्ट्रपतिलाई मतलव नै नभएको विषय भएको पनि स्पष्ट  पर्दै स्याल हुँइया मच्याइएको बताएका छन् । ओलीले राष्ट्रपतिलाई कस्तो र कति मूल्यको गाडी दिने भन्ने कुरा नितान्त सरकारको काम भएको स्पष्ट उल्लेख गर्दै कुनै सरोकार नभएको बिषयलाई विवादमा ल्याएर राष्ट्रपति जस्तो गरिमामय पदको खिल्ली उढाउनु देशकै बेईज्जत गर्नु भएको बताएका छन्। अध्यक्ष ओलीले राष्ट्रपतिलाई विवादमा ल्याउने काम नगर्न पनि सबैलाई चेतावनी समेत दिएका छन् ।



    अध्यक्ष ओलीले सत्य, निष्ठासँग कुनै सरोकार नभएका गैरजिम्मेवारी तत्वहरुले राष्ट्रपतिले गाडी खरिद गर्न १६ करोड मागेको हावादारी समाचार सम्प्रेषण गरेको दावी समेत गरे। उनले महिला राष्ट्रपति बनाएर देखाउन अन्य राजनीतिक दलहरुलाई चुनौतिसमेत दिए। मंगलबार काठमाडौंमा आयोजित ‘नेपालको महिला आन्दोलनको उपलब्धि र साहना प्रधान’ विषयक विचार गोष्ठीमा बोल्दै अध्यक्ष ओलीले एमालेले मात्रै महिला नेतृत्व स्थापित गराउन विशेष नीति लिएर अघि बढेको दावी पनि गरे। अध्यक्ष ओलीले महिला नेतृत्वको विकासमा नेपालले विश्वमै गर्व गर्न लायक उपलब्धि हासिल गरेको दावी पनि गरे। उनले राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुख जस्तो नीति निर्माणको तहमा महिलालाई नेतृत्वमा पुर्‍याउने काम नेपालले मात्रै गरेको पनि स्मरण गराए।

    अध्यक्ष ओलीले महिला नेतृत्वमाथि जनताले विश्वास गरेको पनि स्पष्ट पारे। उनले स्थानीय तहको निर्वाचनमा पुरुषले भन्दा महिलाहरुले बढि मत ल्याउनु महिला नेतृत्वलाई जनताले विश्वास गर्नुको परिणाम भएको पनि स्मरण गराए। अध्यक्ष ओलीले महिला सशक्तिकरणको क्षेत्रमा नेपालले उल्लेख्य प्रगति गरेको उल्लेख गर्दै त्यसलाई कायम राख्न र अघि बढाएर लिएर लैजान भने महिला नेतृहरुले विशेष चनाखो हुनुपर्ने खाँचो पनि औल्याए।

    अध्यक्ष ओलीले सबैको एकतावद्ध प्रयासबाट मात्रै सुःखी नेपाली र समृद्ध नेपाल बनाउने परिकल्पना साकार पार्न सकिने पनि स्पष्ट पारे। कार्यक्रममा स्वर्गीय साहना प्रधानले नेपालको राजनीतिक आन्दोलन र महिला सशक्तिकरणको क्षेत्रमा पुर्‍याउनु भएको योगदानको चर्चा गरिएको थियो।

    Subjects:

  • No Comment to " राष्ट्रपतिले १६ करोड मागको भन्दै स्याल हुँइया मच्याइएको भन्दै ओलीले दिए यस्तो चेतावनी "