• अखाद्य प्लास्टिकको चामल मिसाईएको बिक्रि भएको भनेर आएको समाचार अन्तत झुट, प्लास्टिकको चामल नमिसाईएको पुष्टि

    Reporter: Becoming Kishor
    Published: Friday, July 14, 2017
    A- A+
    असार ३० – केहि दिन अघि चामलमा अखाद्य प्लास्टिकको चामल मिसाईएको बिक्रि भएको भनेर आएको समाचार अन्तत झुट भएको छ।



    अनुगमनको क्रममा काठमाडौंको सीतापाइलास्थित शेरचन ब्रदर्स प्राइभेट लिमिटेडको गोदाममा प्लाष्टिकको चामल भेटिएको भनिए पनि पछि परिक्षण गर्दै त्यस्तो नभएको पुष्टि भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको परीक्षणमा प्लाष्टिकको चामल नभेटिएको पुष्टि भएको छ । काठमाडौं प्रहरी परिसरले सक्कली चामलमा प्लास्टिकको चामल मिसाएर बेचेको आरोपमा सीतापाइलाबाट टंकप्रसाद शेरचनलाई पक्राउ गरेको थियो । चामलमा मिसावट भएको सूचनाका आधारमा प्रहरीले टंकको शेरचन ब्रदर्स प्राइभेट लिमिटेडको गोदाममा छापा मारेको थियो । आरटीसी ब्रान्डको चामलको आधिकारिक बिक्रेता रहेका शेरचनको गोदाममा २० केजी तौलको लङ ग्रेन चामल पाँच सय बोरा थिए ।

    प्रहरी प्रधान कार्यालय नक्सालभित्र रहेको एक नम्बर प्रहरी गणमा खानका लागि भन्दै शेरचनको गोदामबाट चामल ल्याइएको थियो । तर पकाएर खाने क्रममा चिसो भएको भात भुइँमा झर्दा रबरझै उफ्रिएको भन्दै उनीहरूले यसबारे बुझ्न काठमाडौं प्रहरी परिसरमा खबर गरेका थिए । काठमाडौं प्रहरी परिसरले प्लास्टिकको भनिएको चामलको गुणस्तर परीक्षण गर्न बुधबार नै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पठाएको थियो ।

    अब परिक्षण पछि चामलमा प्लाष्टिक नभएको पुष्टि भएसंगै गोदाममा लगाईएको सील खोलिने भएको छ  ।

    Subjects:

  • No Comment to " अखाद्य प्लास्टिकको चामल मिसाईएको बिक्रि भएको भनेर आएको समाचार अन्तत झुट, प्लास्टिकको चामल नमिसाईएको पुष्टि "