• ‘प्रेम गीत २’ र ‘रुद्र’ दुवैमा दर्शक

    Reporter: Becoming Kishor
    Published: Saturday, July 29, 2017
    A- A+
    साउन १३ गतेदेखि प्रदर्शनमा आएका फिल्महरु ‘प्रेम गीत २’ र ‘रुद्र’ मा दर्शकको उपस्थिति बाक्लो देखिएको छ । जनै पूर्णिमाको अवसर पारेर प्रदर्शनमा आएका यी दुई फिल्महरु हेर्न दर्शकको संख्या हलमा उल्लेख्य छ । राजधानी तथा मोफसलका हलहरुमा रुद्र र प्रेम गीत दुई फिल्मको अधिकाशं जस्तो शोहरु हाउसफूल छन् ।



    हिट फिल्म ‘प्रेम गीत’को सिक्वेल पछि २ थपिएको फिल्म हेर्न युवा पुस्ताका दर्शकहरुको संख्या उल्लेख्य छ भने निखिल उप्रेती स्टारर फिल्म रुद्र हेर्न नियमित दर्शक हल पुगेका छन् । व्यापाक प्रचार गरिएको फिल्म प्रेम गीत २ को शुक्रबारको ओपनिङ आक्रमक हो । सन्तोष सेनको निर्माण तथा रामशरण पाठकको निर्देशन रहेको फिल्ममा प्रदीप खड्का र नव नायिका अश्लेषा ठकुरीको मुख्य भूमिका छ ।

    यस्तै रामजी लामिछानेको निर्देशन रहेको ‘रुद्र’मा निखिलसँगै नव नायक विश्व शर्मा र नव नायिका सारा शिर्पाली प्रेम जोडीको भूमिकामा प्रस्तुत भएका छन् । रुद्र मा निखिल पहिलो पटक भिलेनको भूमिकामा देखिएका हुन् । ‘प्रेम गीत २’ र ‘रुद्र’ टिम शुक्रबार हल हल पुगेर फेसबुक लाइभ गरिरहेका छन् । (From Ramailochha)

    Subjects:

  • No Comment to " ‘प्रेम गीत २’ र ‘रुद्र’ दुवैमा दर्शक "