• मधेशमा एमालेको शिर उँचोपार्दै २३ वर्षे थारु युवती, गन्नबाँकी भन्दा धेरै मतको अग्रता

    Reporter: Becoming Kishor
    Published: Monday, July 3, 2017
    A- A+
    कपिलबस्तु १९ असार – निकै चासोका साथ हेरिएको कपिलवस्तुको शिबराज नगरपालिकामा नेकपा एमालेले शानदार जित हासिल गर्ने निश्चित भएको छ ।



    दोस्रो चरणको चुनाबमा २३ वर्षे थारु युवतीेले मधेसमा एमालेको शिर ठाडो पारिदिने भएकी छिन् । सेलिब्रेटी उम्मेदवार बनेकी शिबकुमारी थारुले अत्यधिक मतले जित्ने निश्चित भएको छ । गणना गर्न बाँकी रहेको मत भन्दा धेरै मतले अग्रता लिएपछि थारुको जित पक्का भएको हो ।

    यो समाचार तयार पार्दा सम्म  प्राप्त जानकारी अनुसार शबराजको मेयर तथा उपमेयरमा एमालेको अग्रता कायमै छ अहिले सम्म मेयरमा एमालेको ५७१२ मत रहेको छ भने सघिय समाजवादी फोरमले ४३२५ मतका साथ पछ्छाइरहेको छ । उपमेयरमा एमालेको ५५१३ प्राप्त गरेको छ भने सघिय समाजवादी फोरमले २६३३ मत प्राप्त गरेको छ ।

    - बिगुल न्यूज

    Subjects:

  • No Comment to " मधेशमा एमालेको शिर उँचोपार्दै २३ वर्षे थारु युवती, गन्नबाँकी भन्दा धेरै मतको अग्रता "