• भारतले नेपालको सीमाक्षेत्रमा एसएसबीसँगै उच्चस्तरको जासुसी संयन्त्र खटाउने

    Reporter: Becoming Kishor
    Published: Friday, July 14, 2017
    A- A+
    एजेन्सी भारत ३० असार – छिमेकी भारतले नेपालको सीमा क्षेत्रमा जासुसी संयन्त्र परिचालन गर्ने भएको छ । सशस्त्र सीमा बल (एसएसबी)सँगै भारतले उच्चस्तरको जासुसी संयन्त्र परिचालन गर्ने भएको हो । एसएसबीले राखेको प्रस्ताब स्वीकार गर्दै भारतले हालै एसएसबी मातहतमा जासुसी राख्न अनुमति दिएको हो । अब (एसएसबी)सँग पूर्ण क्षमताको जासुसी संयन्त्र पनि नेपालका सीमानामा खटिने भएका छन् । यसपछि नेपाल भारत सीमा क्षेत्रमा सुरक्षामा थप कडाई हुनेछ ।

    Image: The Indian Express

    भारतले उत्तरवर्ती छिमेकी नेपाल र भुटानमा यस्तो संयन्त्र परिचालन गर्ने निर्णय गरेको भारतीय सञ्चार माध्यम टाइम्स अफ इंडियाले समाचार लेखेको छ । यी दुवै मुलुकको सीमा सुरक्षामा भारतले लामो समयदेखि एसएसबी परिचालन गर्दै आएको छ । भारतीय अधिकारीहरुका अनुसार अब सीमावर्ती भेगमा ६ सय ५० वटा त्यस्ता प्रतिबद्ध जासुसी अड्डाहरु खडा गरिने छ र त्यसले एसएसबीको परिचालन क्षमता अझ बलियो बनाउने छ ।

    अहिलेसम्म सीमावर्ती क्षेत्रमा एसएसबीले नै सुरक्षा प्रदान गर्दैआएको छ दुवै मुलुकका नागरिक निर्वाधरुपले आवतजावत गर्दै आएका छन् । यहाँ आवत जावत गर्नको लागि कुनै कागजात भिजा पासपोर्टको आवस्यकता पदैन । तर, जासुसी संयन्त्रसहितको सुरुक्षा व्यवस्थामा अबको अवस्था के हुनेछ भन्नेबारे समाचारमा उल्लेख गरिएको छैन । नेपाली स्थानीयले भने भारतीय सुरक्षाकर्मीले बिभिन्न बाहनामा सास्ती दिने गरेको बताउँदै आएका छन् । भारतले फेरी सीमाक्षेत्रमा गर्न लागेको यो थप सुरक्षा ब्यवस्थाले नेपाल भारत आवत जावतमा थप कडाइले अर्को झण्झट पनि थपिन सक्ने जानकारहरुको भनाई छ ।

    शुक्रबार प्रकाशित समाचारमा उल्लेख भएअनुसार अविकसित र भौगोलिक अवस्थाका कारण यहाँ जासुसी संयन्त्र राख्नुपरेको जानकारी अधिकारीहरुले दिएका छन् । सीमाका दुवै भागका बासिन्दाबीच बलियो धार्मिक, साँस्कृतिक र आर्थिक सम्बन्ध हुँदाहुँदै पनि अधिकांश भेग अविकसित भएकाले एसएसबीलाई बलियो जासुसी संयन्त्र अत्यावश्यक भएको भारतीय अधिकारीहरुको भनाई छ ।

    सशस्त्र सीमा बल (एसएसबी)का सूचना अधिकारी मनोज केशबले टाइम्स अफ इंडियासँग भनेका छन् ‘यस क्षेत्रमा आवतजावतका लागि भिसा नचाहिने भएकोले पनि सीमापार आपराधिक गतिविधि ठूलो चुनौतिका रुपमा रहेको छ । उनका अनुसार ‘यस भेगमा आइएसआइ गतिविधि, भारतीय विद्रोही समूह, बामपन्थी अतिवादी, जडसुत्रवादी, हातहतियारदेखि लागूऔषध हुँदै नक्कली भारतीय नोटका तस्करहरु र मानव ओसारपसारमा संलग्नहरु बडी सक्रिए भएका कारण सुरक्षा चुनौती झनै बढेर गएको छ ।

    यसबाट नेपाल र भुटानले समेत सुरक्षा फाइदा लिन सक्ने छन् उनले पत्रकारसँग भनेका छन् ‘एसएसबीलाई यसरी जासुसी संयन्त्रको आधारमा परिचालित गर्ने हो भने अपराधी र तस्करहरुलाई नेपाल र भुटानजस्ता मैत्री सीमा क्षेत्रको दुरुपयोगबाट रोक्न सकिन्छ ।’

    एसएसबीले यस्तै जासुसी संयन्त्रहरु जम्मु काश्मिर र अतिवादी बामपन्थी क्षेत्रमा पनि परिचालित गर्न गृह मन्त्रालयमा प्रस्ताव पठाएको समाचारमा जनाइएको छ ।

    Subjects:

  • No Comment to " भारतले नेपालको सीमाक्षेत्रमा एसएसबीसँगै उच्चस्तरको जासुसी संयन्त्र खटाउने "