• बुटवल उपमहानगरमा एमालेको सानदार जित, एमालेको नतिजा ९०% भन्दा माथि

    Reporter: Becoming Kishor
    Published: Wednesday, July 5, 2017
    A- A+
    बुटवल, २१ असार– बुटवल उपमहानगरपालिकामा सत्तारुढ कांग्रेस–माओवादी गठबन्धनलाई पराजित गर्दै एमाले उम्मेदवार विजयी भएका छन् । एमालेका मेयर उम्मेदवार शिवराज सुवेदी र उपमेयर उम्मेदवार गोमा आचार्यले मेयरका कांग्रेस उम्मेदवार खेलराज पाण्डे र माओवादीका जगत पोखरेललाई भारी मतान्तरले पराजित गरेका हुन् ।

    "रुपन्देही जिल्ला एमालेको लाल किल्ला" भन्दै बिजय जुलुस मा उर्लियो जन-सागर

    बुटवल उपमहानगरपालिकामा ९७ जना जनप्रतिनिधि मध्ये ९० जना एमालेबाट , ७ जना कांग्रेस र 0 जना माओबादीबाट निर्बाचित भयेका छन



    देशैभरी झैं कांग्रेस–माओवादीले एमाले विरुद्ध बुटवलमा जनमुक्ति पार्टी सहितको गठबन्धन वनाएका थिए । तर, १९ वटा वडा रहेको बुटवल उपमहानगरपालिकामा २ वटा वडाबाहेक सबै वडामा एमालेले जितेको छ । निर्वाचन आयोगले औपचारिक घोषणा भने गर्न बाँकी छ ।

    बुटवल उपमहानगरका १९ वडा मध्ये वडा नम्बर १३, १६ र १९ मा मात्रै कांग्रेसले जितेको छ बाँकी सबै वडामा एमाले विजयी भएको छ । प्रदेश नम्बर ५ बाट बुटवललाई अलग्याउने प्रस्ताव ल्याएका कांग्रेस माओवादीले मतदातालाई भ्रममा पार्न त्यसको विपक्षमा सक्रिय रहेका पाण्डेलाई उम्मेदवार बनाएका थिए । तर, प्रदेश टुक्र्याउने प्रस्ताव ल्याउने दलका उम्मेदवारलाई मतदाताले अस्वीकार गरिदिएका छन् । ५ नम्बर प्रदेशलाई टुक्र्याउनेगरी कांग्रेस–माओवादी गठबन्धनले संविधान संशोधन प्रस्ताव ल्याएका थिए भने एमालेले त्यसको विरुद्ध आन्दोलनको अगुवाई गरेको थियो । बुटवलमा भने कांग्रेस–माओवादीले प्रदेश नं ५ को राजधानी बुटवललाई बनाउने झुठो नारा वितरण गरेका थिए । बुटवललाई ५ नम्बर प्रदेशबाटै अलग गर्ने प्रस्ताव ल्याउने पक्षले बुटवललाई प्रदेशको राजधानी बनाउने नारा दिंदा मतदाताले उनीहरुलाई अविश्वास गरेका हुन् ।

    दोस्रो चरणमा निर्वाचन भएका ७ उपमहानगरपालिका मध्ये घोराहीमा यसअघि नै एमालेले जितिसकेको छ । बुटवल एमालेले जितेको दोस्रो उपमहानगर हो । पहिलो चरणमा निर्वाचन भएको एक मकमात्र उपमहानगरपालिका हेटौंडा पनि कांग्रेस माओवादी गठबन्धनलाई पराजित गर्दै एमालेले नै जितेको थियो । दोस्रो चरणको निर्वाचनपछि मत गणना भइरहेका धरान, इटहरी र तुलसीपुरमा पनि एमालेको अग्रता छ ।

    Subjects:

  • No Comment to " बुटवल उपमहानगरमा एमालेको सानदार जित, एमालेको नतिजा ९०% भन्दा माथि "