• देउवालाई साझा सवालमा पुर्‍याउने व्यक्ति उनकै पत्नी

    Reporter: Becoming Kishor
    Published: Wednesday, July 5, 2017
    A- A+
    काठमाडौँ , बिबिसीको साझा सवालमा प्रधानमन्त्री शेरबहादुर देउवालले दिएको अभिव्यक्ति र प्रस्तुतीलाई लिएर विभिन्न टीका टिप्पणी भइरहेका छन् । कार्यक्रममा सहभागीले प्रधानमन्त्रीलाई गरेको अपमानपूर्ण व्यवहार र प्रधानमन्त्रीको अनुत्तरदयी जवाफ पछि नेपालीबीच विश्वव्यापी रुपमै अहिले प्रधानमन्त्रीलाई उक्त कार्यक्रममा अन्तर्वार्ताका दिनका लागि सल्लाह दिने को होलान भन्ने जिज्ञासा पैदा भएको छ ।



    प्राप्त जानकारीअनुशार प्रधानमन्त्रीको अन्वर्तार्ताका लागि साझा सवालले आरजु देउवामार्फत पहल गरेको थियो । आरजुले उहाँ मिडियामा त्यति आउन चाहने मान्छे त होइन, तर म कन्भिन्स गर्छु भनेर बिबिसी साझा सवाललाई वचन दिएकी थिइन् । सोहीअनुरुप समय तोकिएको बुझिएको छ । प्रधानमन्त्री देउवाले औपचारिक रुपमा प्रेस सल्लाहकार राखिसकेका छैनन् । तर पनि उनलाई आफू निकट पत्रकारको खाँचो थिएन । तर, साझा सवालमा जाने कि नजाने, केका लागि जाने ? आफ्नो एजेन्डा के हो ? त्यहाँ गएर आफूले के सन्देश दिने भन्ने बारे कसैसँग सल्लाह गरिएको थिएन । घटना र बिचार साप्ताहिकबाट

    Subjects:

  • No Comment to " देउवालाई साझा सवालमा पुर्‍याउने व्यक्ति उनकै पत्नी "