• राजपाले बुझायो सहिद घोषणा गर्न बाँकी सूची

    Reporter: Becoming Kishor
    Published: Thursday, July 20, 2017
    A- A+
    काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले सहिद घोषणा गर्न छुटेको भन्दै १२ जनाको नाम सरकारलाई बुझाएको छ । यसैगरी मधेस आन्दोलनका क्रममा लगाइएका ६ सय ८२ जनाको मुद्दा फिर्ता लिन पनि राजपाले सरकारसँग माग गरेको छ ।



    आजको नागरिक दैनिकमा खबर छ– राजपाका नेताहरुले मधेस आन्दोलनका क्रममा घाइते भई अशक्त भएका ४३ जनाको नाम पनि सरकारसमक्ष पेस गरेको छ । उनीहरुलाई जीवनभर भरणपोषण गर्नुपर्ने राजपाको माग छ ।
    यसैगरी राजपाका नेताहरुले सरकारसँग देशका विभिन्न कारागारमा रहेका करिब एक सय बन्दी रिहा गर्न माग गरेका छन् ।

    Subjects:

  • No Comment to " राजपाले बुझायो सहिद घोषणा गर्न बाँकी सूची "