• गृहमन्त्री जनार्दन शर्माको कमाल : सिपाहीसँग पैसा असुल्ने इन्स्पेक्टरको जागिर चैट

    Reporter: Becoming Kishor
    Published: Thursday, July 6, 2017
    A- A+
    कर्मचारीसँग घुस लिएको अरोपमा इन्स्पेक्टर बन्धुराज खनाललाई गृह मन्त्रालयले सेवाबाट हटाएको छ ।



    क्षेत्रीय प्रहरी कार्यालय हेटौंडामा कार्यरत रहँदा उनले बढुवा गरिदिने भन्दै सिपाहीहरुसँग पैसा असुलेका थिए ।
    कर्मचारी प्रशासन शाखामा कार्यरत उनले तराईका विभिन्न जिल्लामा कार्यरत सिपाहीहरुसँग पैसा लिएका थिए पैसा दिएर पनि बढुवा नभएपछि सिपाहीहरुले उनीविरुद्ध उजुरी गरेका थिए ।

     मध्यक्षेत्रका तत्कालिन डिआइजी पशुपति उपाध्यायले पैसा खाएको थाहा पाएपछि उनीमाथि कारबाही प्रक्रिया अघि बढाएका थिए ।प्रहरी प्रधान कार्यालयको प्रस्तावअनुसार खनाललाई भविष्यमा सरकारी सेवामा अयोग्य नहुने गरी गृहले हालै जागिरबाट हटाएको हो । खनालको जागिर अवधि करिब एक वर्ष मात्र बाँकी थियो ।
    नयाँ पत्रिकाबाट

    Subjects:

  • No Comment to " गृहमन्त्री जनार्दन शर्माको कमाल : सिपाहीसँग पैसा असुल्ने इन्स्पेक्टरको जागिर चैट "