• चेल्सी र रियल बीच मोराटाको ट्रान्सफर रकममा सम्झौता

    Reporter: Becoming Kishor
    Published: Wednesday, July 19, 2017
    A- A+
    लन्डन (एजेन्सी) – इङ्गलिस् प्रिमियर लिग च्याम्पियन चेल्सी र स्पेनिस लिग च्याम्पियन रियल म्याड्रिडबीच स्ट्राइकर अल्भारो मोराटाको ट्रान्सफर रकममा सम्झौता भएको छ। अब खेलाडीसँगको व्यक्तिगत सम्झौता पछि २४ वर्षीय स्ट्राइकर मोराटा चेल्सीसँग आबद्ध हुने चेल्सी फुटबल क्लबको आधिकारिक वेबसाइटले जनाएको छ ।



    युवा अवस्थामा एटलेटिको म्याड्रिड हुदै गेटाफे र त्यहाँबाट रियल म्याड्रिडको युथ टोली हुँदै रियलको पहिलो टोलीमा स्थान पाएका मोराटा २० मिलियन युरोमा युभेन्टस पुगेका थिए । युभेन्टसमा राम्रो प्रदर्शन गरेपछि रियलले ‘बाइ ब्याक‘ क्लज उपयोग गर्दै  मोराटालाई फेरी किनेको थियो ।

    हाल मोराटालाई बेच्न चेल्सीसँग रियलको ६६ मिलियन युरोको सम्झौता भएको विभिन्न अन्तरास्ट्रिय मिडियाहरुले जनाएका छन् । सम्झौतामा विभिन्न शर्तहरु लागु भएको र मोराटाको प्रदर्शनसँगै ट्रान्सफरको मूल्य ८० मिलियन युरो सम्म पुग्ने छ ।

    मोराटाले अब चेल्सीसँग मेडिकल गरेर सम्झौताको शर्तहरुमा सहमतिमा आएपछि आधारिकारिक रुपमा चेल्सीका खेलाडी हुनेछन । मोराटालाई भित्राउन म्यानचेस्टर युनाइटेडले पनि संघर्ष गरेको थियो तर रियलसँग सम्झौतामा पुग्न असफल भएपछि युनाइटेडले एभर्टनबाट रोमेलु लुकाकु किनेको हो । त्यस्तै लुकाकुलाई चेल्सीमा ल्याउन असफल भएपछि चेल्सीको ध्यान मोराटातर्फ पुगेको थियो । मोराटाको आगमनसँगै डिएगो कोस्टाले चेल्सी छाड्ने बाटो अझ स्पष्ट हुने छ ।

    Subjects:

  • No Comment to " चेल्सी र रियल बीच मोराटाको ट्रान्सफर रकममा सम्झौता "