• नरसंहार भएको टिकापुरमा एमालेको शानदार जित

    Reporter: Becoming Kishor
    Published: Monday, July 3, 2017
    A- A+
    कैलालीको टीकापुर नगरपालिकामा तीन दिनसम्म तेस्रो नम्बरमा रहेका एमालेका तपेन्द्र रावल सोमबार राति मेयरमा जित्नु भएको छ ।माओवादी केन्द्रका ललित थापालाई ३४९ मतले पछि पार्दै रावलले मेयरमा जित्नु भएको हो ।



    रावलले ५९५९ मत र थापाले ५६१० मत ल्याउनुभयो । यस्तै उपमेयरमा कांग्रसकी केशरी विष्ट ६२२६ मत ल्याएर जित्नु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका आशाकुमारी चौधरीले ५५५३ मत ल्याउनुभयो । मतगणनाको तीन दिनसम्म नेपाल लोकतान्त्रिक फोरमका लौटन चौधरी अग्रस्थानमा रहेकाले टीकापुरमा फोरमले जित्ने अनुमान गरिएको थियो ।

    तर फोरमबाट मेयर लौटन चौधरीको ५४८१ मत र फोरमकै उपमेयरकी उमेदवार सुदेशनी चौधीको ५११८ मत आएको छ । मेयरमा कांग्रेस पनि प्रतिष्पर्धामा थियो । कांग्रेसबाट मेयरका उमेदवार जंगबहादुर साउदको ५५२५ मत र एमालेबाट उपमेयरकी उमेदवार कमला केसीको ५०३८ मत आएको छ । यस्तै ११ वडा रहेको टीकापुरका ४ वडामा भने फोरम, एमाले ३ वडा, माओवादी पनि ३ वडा र कांग्रेस १ वडामा जित हासिल गरेका छन् ।

    Subjects:

  • No Comment to " नरसंहार भएको टिकापुरमा एमालेको शानदार जित "