• बुटवल, गने जति वडामा एमाले बिजयी

    Reporter: Becoming Kishor
    Published: Sunday, July 2, 2017
    A- A+
    जारी मतगणनाको परिछल्लो परिणाम अनुसार बुटवल उपमहानगरपालिकामा एमालेले लगातार अग्रता कायम गरिरहेकोछ । यहां गणना सकिएका सबै वडाहरुमा एमालेले जितेको छ । अहिलेसम्म १ देखि १० सम्मका वडाहरुको मत गणना सकिईसकेको छ ।



     गणना जारी रहेको १ १ नम्बर वडामा पनि एमाले नै अगाडी रहेकोछ । पछिल्लो नतिजा अनुसरा प्रमुख पदमा एमालेका शिबराज सुबेदीले ९,९६९ र कांग्रेसका खेलराज पाण्डेले  ९,२५६ मत प्राप्त गरेकाछन् ।

    त्यस्तै उपप्रमुखमा एमालेकी गोमा आचार्यले  १०,९९४ र माओबादी केन्द्रका ६,५१९ मत प्राप्त गरेकाछन् ।

    यहां एमाले एक्लै र कांग्रेस,माओबादी केन्द्र तथा जनमुक्ति पार्टीबिचको गठबन्धन चुनावी मैदानमा उत्रिएकाथिए । रुपन्देहीका अन्य नगरपालिकामध्ये सैनामैना,सिद्धार्थनगर र तिलोत्तमामा पनि एमाले अगाडी छ ।

     देबदहमा कांग्रेस अगाडी छ भने लुम्बिनी सांस्कृतिक नगरपालिकामा राजपाका स्वतन्त्र उम्मेदवार अगाडी छन् ।

    Subjects:

  • No Comment to " बुटवल, गने जति वडामा एमाले बिजयी "