• २१ अर्ब ठगी गरेको आरोपमा पक्राउ परेका चुडामणि काण्ड : १५ करोडमा कालोकोट !

    Reporter: Becoming Kishor
    Published: Monday, July 24, 2017
    A- A+
    काठमाडौं । केही समयअघि विभिन्न अन्तरवार्ताका क्रममा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले अदालतमा राजनीतिक र आर्थिक प्रभाव रहेको खुलासा गरेकी थिइन् । अहिले अर्बौं भ्रष्टाचार काण्डमा मुछिएका आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मा बचाउनका लागि अदालतमा त्यहि खेल सुरू भएको छ ।
    सर्वोच्च अदालतबाट तारेखमा रिहा हुनका लागि अहिले चुडामणिका पक्षमा केही मिडिया मालिक र कालाकोटेहरू सक्रिय रहेका छन् । त्यसका लागि चुडामणिले १५ करोड खर्च गर्न लागेका छन् । अदालतदेखि अन्य ठाउँको सेटिङ मिलाउन केही वकिलहरू शक्तिकेन्द्रमा समेत धाइरहेको बुझिएको छ । आजको जनप्रहार साप्ताहिकमा समाचार छ ।

    अकुत सम्पत्ति आर्जन गरेका आन्तरिक राजश्व विभागका शर्मा कर फस्र्यौटमा २१ अर्ब ठगी गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट पक्राउ परी अदालतसम्म पुराइएका छन् । राजस्व निर्धारणमा अनियमितता गरेको आरोपमा ‘अनुसन्धानरत विषयमा प्रमाण नष्ट गर्नसक्ने’ आशंकामा शर्मालाई पक्राउ गरेको थियो । अख्तियारको गिरफ्तारीसँगै सचिव हुने रोलक्रममा रहेका विवादास्पद पृष्ठभूमीका शर्मा निलम्बित छन् । अख्तियारको हिरासतकक्षमै रहेका शर्मालाई म्याद थप गरिसकेको छ ।



    अख्तियार उच्च स्रोतका अनुसार, कर निर्धारणका क्रममा भएका अनियमितताका कागजात शर्माकै नेतृत्वमा रहेको आन्तरिक राजस्व विभागबाट नष्ट हुनसक्ने सूचनाका आधारमा उनलाई पक्राउ गरिएको हो । अख्तियारले भने शुक्रवार रातिसम्म शर्मा पक्राउको औपचारिक सूचना सार्वजनिक गरेको छैन् । उनीसँगै कर निर्धारण अनियमिततामा जोडिएका चाटर्ड एकान्टेण्डद्वय लुम्बध्वज महत र उमेश ढकाल समेतलाई बयान लिइसकिएको छ ।
    अख्तियारको एक महाशाखा प्रमुखको संयोजकत्वमा ४र५ जना अनुसन्धान अधिकृत रहेको टोलीले कतिपय कागजात संकलन गरि अख्तियार पुराइसकेको थियो । उनीमाथि गम्भिर छानविन भइरहेका बेला बाहिर निस्कनका लागि १५ करोडको खेल अदालतमै गरेको स्रोतको दाबी छ । त्यसबाहेक उनलाई सहयोग गर्नेहरूलाई पनि करोडौं रकम खर्चको तयारी भएको उच्च स्रोतले जनाएको छ ।

    दर्जनौं अनियमितताको उजुरी र पत्रका बाबजुद करिब ४ बर्ष आन्तरिक राजस्व विभागको महानिर्देशक रहेका शर्माविरूद्ध गैरकानूनी सम्पत्ति आर्जन र करछुटको विषयमा दर्जनौ उजुरी परेका थिए ।
    ३० अर्ब ५२ करोड रूपैंयाको राजस्व फस्यौंट गर्दा ९ अर्ब ५४ करोड रूपैंयामात्रै राज्यकोषमा दाखिला भई अरू रकम अनियमित ढंगले मिनाहा भएको घटनामा शर्मा मुछिएका थिए । फस्यौंट भएकोबाट करिव ६९ प्रतिशत राजस्व राज्यकोषबाट गुमेको छ भने ३१ प्रतिशतमात्रै आम्दानी भएको छ ।

    कर निर्धारणमा प्रश्न उठाई प्रशासनिक पुनरावलोकन, राजस्व न्यायाधिकरण वा अदालतमा कर विवाद जारी रहेको अवस्थामा बक्यौता हुनुपर्नेमा विनाकुनै कारण करदाताकै अटेरीले कर नउठ्ने जस्तो लापरवाहीयुक्त परिस्थितीमा समेत कर छुट दिइएको थियो । निजामती सेवामा प्रवेश गर्न चाहने प्रतिस्पर्धीमाझ पुस्तक लेखकका रूपमा परिचित चुडामणी शर्मा आफै भने अत्यन्त विवादास्पद पात्र बनेका थिए ।

    सुनसरीको प्रमुख जिल्ला अधिकारी हुदा सुगम ग्यासको फुटरिङ कटिङजस्तो संवेदनशिल कालोबजारी मुद्दामा मिलेमतो गरेका कारण विवादमा परेका शर्मा त्यसपछि ललितपुरमा सरूवा भए । त्यहाँ हुदा उनले गैरकानूनी रूपमा ढुंगाखानी सञ्चालनको अनुमती दिने विवादास्पद र अनियमित निर्णय गरेका थिए । त्यसपछि काठमाडौंका प्रमुख जिल्ला अधिकारीको रूपमा समेत उनको कार्यकाल विवादमुक्त हुन सकेन ।
    राजनीतिक पहुच र प्रभावका आधारमा एकपछि अर्को आकर्षक पदमा पुग्ने शर्मा काठमाडौंपछि सम्पत्ति शुद्धिकरण विभागको महानिर्देशक बने ।

    त्यहाँ रहँदा अधिकृत शम्भु चालिसे १० लाख रूपैंयाँ घुस सहित पक्राउ परेको घटनामा शर्माको समेत नाम जोडिएको थियो । शर्माबाट परिचालित चालिसेले पछि भने नाटकीयरूपमा घुस प्रकरणमा आफूमात्रै संलग्न रहेको बयान दिई महानिर्देशक शर्मालाई घटनामा तानिनबाट जोगाए ।

    Subjects:

  • No Comment to " २१ अर्ब ठगी गरेको आरोपमा पक्राउ परेका चुडामणि काण्ड : १५ करोडमा कालोकोट ! "