• राष्ट्रपतिको गाडि प्रकरणमा पक्राउ परेका पत्रकार सुनारलाई यसकारण काठमाण्डौं ल्याइयो

    Reporter: Becoming Kishor
    Published: Friday, July 14, 2017
    A- A+
    कपिलवस्तु ३० असार – राष्ट्रपति विद्यादेबी भण्डारीको गाडी खरिद प्रकरणसँग जोडेर अमर्यादित शब्द प्रयोग गरी फेसबुक स्टाटस लेख्ने पत्रकार सोनुु कुमार सुनारलाई प्रहरी काठमाडौँ पठाएको छ । बिहिबार दिउँसो कपिलबस्तुबाट पक्राउ परेका पत्रकार सुनारलाई प्राप्त प्रमाणका आधारमा साइवर अपराध ठहर हुने देखिएपछि कानुनी कारवाहीका लागि काठमाण्डौ पठाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।



    सुनारले विभिन्न मितिमा लेखेका राष्ट्रपति, प्रधानमन्त्री देखि ठुलापार्टीका नेताहरुका विषयमा लेखिएका आपत्ति जनक र तुच्छ स्टाटसवाट उनले साइवर अपराध निरन्तर गर्दै आएको ठहर गर्दै सुरक्षाकर्मीका साथ काठमाण्डौ पठाइएको प्रहरी उपरिक्षक भोजजंग शाहले वताउनुभयो ।

    यता कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले साइवर अपराधका विषयमा पहिलोपटक कपिलवस्तुवाट अनुसन्धान शुरु गर्दै काठमाण्डौ चलान गरेर कारवाहीको दायरामा ल्याउन थालिएको प्रष्टाउदै अव यस्ता गतिविधीमा संलग्नहरुका वारेमा समय मै प्रशासनलाई जानकारी दिन आग्रह गर्नुभयो ।

    Subjects:

  • No Comment to " राष्ट्रपतिको गाडि प्रकरणमा पक्राउ परेका पत्रकार सुनारलाई यसकारण काठमाण्डौं ल्याइयो "