• भरतपुर प्रकरण: फेरि मतदान गराउन आदेश

    Reporter: Becoming Kishor
    Published: Sunday, July 30, 2017
    A- A+
    सर्वोच्च अदालतले पहिलो चरणमा चुनाव भएको चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुन: चुनाव गराउने निर्णय दिएको छ। सर्वोच्च अदालतका न्यायाधीशहरु ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको इजलाशले पुन: मतदान गराउने निर्वाचन आयोगको निर्णयविरुद्ध परेको रिट खारेज गरिदिएको हो।



    निर्वाचन आयोगले गरेको निर्णय कानूनसम्मत देखिएको भन्दै उक्त निर्णय लिएको सर्वोच्चका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले बीबीसीलाई जानकारी दिए। अन्तिम चरणमा पुगेको भरतपुर महानगरको मेयरको मतगणनामा नेकपा एमालेका उम्मेदवार देवी ज्ञवाली नेकपा माओवादी केन्द्रकी उम्मेदवारभन्दा अघि थिए। माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्डकी छोरी रेणु दाहाल केही मतअन्तरले पछाडि छन्। त्यहाँ नेपाली कांग्रेस र माओवादी केन्द्रको तालमेल थियो।

    आयोगलाई आदेश

    जसलाई प्रमुख दलले प्रतिष्ठाको विषय बनाएको देखिएको छ।मतगणना अन्तिम चरणमा पुगेका बेला माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेको स्थानीय प्रहरीले जनाएको थियो।माओवादी केन्द्रले उक्त आरोप अस्वीकार गर्दै आएको छ।नेकपा एमाले पुन: मतगणनाको पक्षमा थियो भने सत्ता गठबन्धनका दुई प्रमुख दल कांग्रेस र माओवादी केन्द्र पुन: मतदानको पक्षमा थिए। (BBC)

    Subjects:

  • No Comment to " भरतपुर प्रकरण: फेरि मतदान गराउन आदेश "