• यसरी बनाउनुहोस् घरमै स्वादिष्ट खिर [तरिका सहित]

    Reporter: Becoming Kishor
    Published: Saturday, July 29, 2017
    A- A+
    काठमाडौँ १५ साउन – परम्परा देखि नै साउन महिनामा हिन्दु धर्मावलम्बी महिलाहरू सोमबार व्रत बस्छन्। विवाहित श्रीमानको दीर्घायु र शुस्वास्थ्यको कामना गर्दै र अविवाहित शुयोग्य पति पाउँ भन्दै बर्त बस्ने चलन नेपाली समाजमा अहिले पनि चल्दै आएको छ । साउन महिनाभरि हिन्दु धर्मावलम्बीहरू साकाहारी हुने गर्छन् । त्यसैले साकाहारी महिनाको रूपमा चिनिने साउनका लागि खीर उपयुक्त परिकार मानिन्छ। त्यसो त साउन १५ लाई खीर खाने पर्वको रूपमा लिइन्छ।



    साउनमा खीरलाई प्रसादको रूपमा प्रयोग गर्नुका साथै व्रत बसेको दिन बेलुका कतिपयले खीर खाने गर्छन्। व्रत बसेको दिन नुन खानु हुन्न भन्ने मान्यता एकथरीमा रहेकाले यस्तो अवस्थामा रात्रिकालीन भोजनको रूपमा खीर उपयुक्त मानिन्छ। खीर हामी सबैलाई मन पर्नेमध्येको परिकार हो। हामी आफ्नो स्वादअनुसारको खीर कुनै पनि बेला घरमा बनाएर खान सक्छौं। साउनमा त अझ खीरको प्रयोग बढी हुने भएकाले यस पटक हामीले स्वादिष्ट खीर कसरी बनाउने भन्ने विधि यहाँ प्रस्तुत गरेका छौं।

    खीर पकाउन आवश्यक सामग्री

    – चामल (बासमती वा ताइचिन) : १ कप
    – दुध : १ लिटर
    – चिनी :१ ठुलो चम्चा
    – काजु (टुक्रा पारिएको) : २ सानो चम्चा
    – नरिवल (टुक्रा पारिएका) : २ सानो चम्चा
    – छोकडा (टुक्रा परिएको) : २ सानो चम्चा
    – सुकुमेल : २/३ पिस
    – किसमिस : ६/७ पिस
    – ल्वाङ : २/३ पिस
    – तेजपात : १/२ पात

    खीर बनाउने तरिका

    – सर्वप्रथम चामललाई केलाएर सफा पार्ने।
    – खीर बनाउन आवश्यक चामललाई पानीले राम्ररी पखाल्ने।
    – चुलोमा मध्यम तापको आगो बाल्ने एक लिटर दुध हालेर डेक्ची बसाल्ने।
    – दुधलाई राम्ररी तात्न दिने।
    – धोएर राखेको चामललाई उम्लिएको दुधमा हाल्ने।
    – धिमे आगोमा दुध र चामल केही मिनेट पाक्न दिने।
    – यसरी दुधमा चामल छड्किन थालेपछि पूर्वतयारी गरेको काजु, नरिवल, ल्वाङ, सुकुमेल, किसमिस, छोकडाको टुक्रा हाल्ने। चिनी, तेजपात पनि हाल्ने।
    – अब सो चमल र सबै मसल गल्ने गरी सानो आगोमा १२÷१५ मिनट पकाउने।
    – यसरी तयार भएको खीरलाई चुलोबाट उतार्ने।
    – अब मनतातो अवस्थामा खीर खाने ।

    Subjects:

  • No Comment to " यसरी बनाउनुहोस् घरमै स्वादिष्ट खिर [तरिका सहित] "