• अब क्रिकेटमा पनि दिइने भो रातो कार्ड

    Reporter: Becoming Kishor
    Published: Tuesday, June 27, 2017
    A- A+
    मुम्बई– फूटबलमा यदि कुनै खेलाडीले गम्भीर गल्ती गरेमा रेफ्रीले रातो कार्ड देखाई मैदान बाहिर पठाइन्छ। फूटबल जसरीनै क्रिकेटरले मैदानमा गम्भीर गल्ती गरेमा अब अंपायरले रातो कार्ड देखाउँदै मैदान बाहिर पठाउन सक्ने नियम अक्टोबर १ बाट लागु हुने भएको छ ।



    अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को मुख्य कार्यकारी कमिटीले प्रमुख कोच अनिल कुम्बलेको सिफारिस अनुसार क्रिकेट नियममा यस्तो ठूलो परिर्वतन ल्याउने निर्णय गरेको हो । क्रिकेट खेलाडीले मैदानमा खराब आचरण देखाए वा कुनै हिंसा गरेको भेटेमा अम्पायरले रातो कार्ड देखाई मैदान बाहिर पठाउन सक्नेछ।

    अरु खेलाडी, अम्पायर तथा दर्शकमाथि आक्रमण गरेमा, अम्पायरलाई धम्की दिएमा, मैदानमा हिंसाजनक काम गरेमा अथवा कुनै भेदभाव गरेमा या अन्य कुनै गलत काम गरेमा माफ नगरी रातो कार्ड देखाई मैदान बाहिर पठाइनेछ।

    यो नियम आगामी अक्टोबर ८ गते देखि लागु हुनेछ।

    Subjects:

  • No Comment to " अब क्रिकेटमा पनि दिइने भो रातो कार्ड "