• गुल्मीमा एमालेले ढाल्यो कांग्रेसको ऐतिहासिक किल्ला, रेशुङ्गा नगरमा शानदार जित

    Reporter: Becoming Kishor
    Published: Friday, June 30, 2017
    A- A+
    गुल्मी १७ असार – नेकपा एमालेले गुल्मीमा कांग्रेसको ऐतिहासिक किल्ला ढाल्न सफल भएको छ । शनिबार बिहान सकिएको मतगणनामा नेकपा एमालेका उम्मेदवार डिल्लिराज भूसालले कांग्रेसलाई हराउँदै मेयरमा विजयी हासिल गर्नुभएको हो । उहाँले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भूवनप्रसाद श्रेष्ठलाई १ सय ७७ मतको अन्तरले पराजित गर्नुभएको हो ।



    निर्वाचित एमालेका भूषाले ६ हजार ३ सय ८१ मत पाउनुभएको छ भने कांग्रेसका श्रेष्ठले ६ हजार २ सय ४ मत पाउनुभएको छ । भूषाल २०५४ सालको स्थानीय चुनाबमा पराजित हुनुभएको थियो । यो क्षेत्रलाई कांग्रेको किल्लाका रुपमा लिइँदै आएको छ । रेसुंगा नगरको मेयर पदमा बिजयी भुसाल २० वर्षअघि पनि तत्कालीन तम्घास गाविसको गाविस अध्यक्ष पदका लागि श्रेष्ठसंगै चुनाब लड्नुभएको थियो । २०५४ सालमा श्रेष्ठले भुसाललाई पराजित गर्नुभएको थियो तर यसपटक भने पासा पल्टिएको छ । नेकपा एमालले प्रमुख र उपप्रमुख सहित छ वटा वडा जितेको छ ।

    त्यस्तै नेपाली कांग्रेसले आठ वडा जितेको सहायक निर्वाचन अधिकृत दुर्गा बस्यालले विगुल न्युजलाई जानकारी दिनुभयो । कांग्रेसका जिल्ला सभापति श्रेष्ठ पराजित हुनलाई निकै महत्वका साथ हेरिएको छ । विजयी भुसाल भने एमालेका सचिवालय सदस्य हुनुहुन्छ ।

    यस्तै उपमेयरमा पनि नेकपा एमालेकी सीता भण्डारी ६ हजार ३ सय १३ मत ल्याएर विजयी हुनु भएको छ । उहाँले पनि कांग्रेस कै उम्मेदवार अमृता कुँवरलाई पराजित गर्नुभएको हो । कुँवरले ६ हजार १ सय ७९ मत प्राप्त गर्नुभएको छ । १४ वटा वडा रहेको यस नगरपालिकामा १८ हजार ३ सय ४१ मतदाता रहेका थिए ।

    हेर्नुस रेसुङ्गा नगरपालिकामा कसको मत कति ? 

    मेयर
    एमाले डिल्लीराज भूसाल — ६३८१ मत निर्वाचित
    नेपाली कांग्रेस भूवनप्रसाद श्रेष्ठ — ६२०४ मत
    माओवादी केन्द्र धर्मबहादुर विश्वकर्मा — ४१३ मत

    उपमेयर
    एमालेसीता भण्डारी — ६२१३ मत निर्वाचित
    नेपाली कांग्रेसअमृतादेवी कुँवर — ६१७९ मत
    माओवादी केन्द्र कमला पुन — ४४८ मत

    Subjects:

  • No Comment to " गुल्मीमा एमालेले ढाल्यो कांग्रेसको ऐतिहासिक किल्ला, रेशुङ्गा नगरमा शानदार जित "