• एमालेको पक्षमा जनलहर आएको छ , बुटवललाई नमूना बनाउनेछु : चापागाइँ

    Reporter: Becoming Kishor
    Published: Monday, June 5, 2017
    A- A+
    (बालकृष्ण चापागार्इं बुटवलका हरेक जन जनका बिच चिरपरिचित पत्रकार, समाजसेबी, एमालेका संघर्षशील र अनुभबी नेता हुनुहुन्छ । कुनै बेला राजधानी बाहिरको पत्रकारिताको अर्को राजधानी मानिने बुटवलमा पत्रकारिताको जग बलियो पार्ने एक जना अग्रणी, २०४६ को जन आन्दोलनमा बुटवलका बाममोर्चाका सचिव चापागाई अहिले एमालेको तर्फबाट मेयरमा उमेद्वारी दिन इच्छुक हुनुहुन्छ ।



    नेपालमा स्थानीय तहको निर्वाचनको सरगर्मी बढिरहेको छ । स्थानीय तहमा गाउँ नगरका मेयर, उपमेयर बन्नका लागि आकांक्षा व्यक्त गर्न थालिएको छ । दलहरु चुनाबको तयारीमा जुटेका छन् । यही सर्न्दर्भमा विकासका हिसाबले तीब्र गति लिएको बुटवलमा पनि चुनाबी माहोल तातेको छ । बुटवलमा यसअघि एकपटक कांग्रेस र एकपटक एमालेले स्थानीय निकायको चुनाबमा नेतृत्व लिइसकेका छन् । २० वर्षछि हुन लागेको स्थानीय चुनाबमा पनि आकांक्षीहरु उत्तिकै छन् । त्यसमध्ये यसअघिको स्थानीय चुनाबमा बुटवलको मेयरको सूचीमा रहनुभएका वरिष्ठ पत्रकार बालकृष्ण चापागाईंको यसपटक पनि चर्चा छ । एमालेबाट उमेदवार हुने चर्चा भइरहँदा उहाँ स्वयम्को चाहना के हो ? भन्ने विषयमा उहाँ सँग गरिएका कुराकानीको सारसंक्षेप प्रस्तुत गरिएको छ । )

    १. बालकृष्ण चापागार्इं ज्यू , नेपालमा यति बेला स्थानीय चुनावको लहर चलेको देखिन्छ । यस क्रममा तपार्इं वुटवल उप महानगर पालिकाको मेयर पदका लागि एमालेले उमेदवार बनाउने व्यापक चर्चा सुनिन्छ । वास्तविकता के हो ?
    उत्तरः तपाईले भने जस्तै नेपालमा यति बेला स्थानीय चुनावको लहर चलेको छ । २० वर्षपछि हुन थालेको स्थानीय चुनावको घोषणाले स्वभाविक रुपमा जनतालाई आकषिर्त गरेको छ । जहाँ सम्म मेरो उमेदवारीको कुरा छ । यो जनस्तरबाट स्वभाविक रुपमा उठेको चर्चा हो । एमालेले उचित मूल्याङकन गरी मलाई उमेदवारको रुपमा प्रस्तुत गरेमा चुनाव लड्न म तयार छु । पहिलो कुरा त मैले आस्था राख्ने र योगदान दिदै आएको राजनीतिक दलले उमेदवारको रुपमा प्रस्तुत गर्नु पर्‍यो । त्यसपछि मात्र एमालेको र्सर्ूय चिन्हृको आधिकारिक उमेदवारको रुपमा म खडा हुने अवस्था रहन्छ । अन्यथा मेरो व्यक्तिगत इच्छाको कुनै अर्थ रहदैन । त्यसैले पार्टर्ीीे उमेदवार बनाउने र जनताले मत दिएर जिताए भने मात्रै त्यो जिम्मेवारी प्राप्त हुने अवस्था रहन्छ । समय र परिस्थितिले त्यो जिम्मेवारी मैले प्राप्त गरेमा कुशलता पर्ूवक कार्य गर्न सक्छु भन्ने मलाई पर्ूण्ा विश्वास छ ।

    २. एमाले भित्र आन्तरिक गुटबन्दी छ भन्छन्, तपाईको बुझाई के छ – त्यस प्रकारको गुटबन्दीले तपाईलाई असर गर्छ कि गर्दैन ?
    उत्तरः एमाले जस्तो राष्ट्रको जिम्मेवार, गतिशील र जीवन्त पार्र्टर्ीीा वैचारिक सवालमा चर्चा र छलफल हुनु स्वभाविक छ । एमालेमा यतिबेला गुटबन्दी छैन । मैले पनि पार्टर्ीीभत्र कुनै प्रकारको गुटबन्दी भएको देखेको छैन । नेकपा एमाले राष्ट्रव्यापी रुपमा एक ढिक्का छ । सशक्त र बलियो राजनीतिक दलको रुपमा आमजनता वीच स्थापित छ । आमजनता एमालेको पक्षमा खडाभइरहेका छन् । एमालेको पक्षमा जनलहर आएको छ । गुटबन्दी नै छैन भने त्यसले मलाई असर गर्ने/नगर्ने भन्ने कुरा नै रहेन । मलाई यहाँका नेतृत्व तहका व्यक्तिहरुले साथ-र्समर्थन दिन्छन् र जित हासिल गर्नका लागि कटिबद्ध भएर लाग्छन् भन्नेमा म विश्वस्त छु ।

    ३. एमालेले उमेदवारको रुपमा प्रस्तुत गरी जनताले मत दिएर तपाई मेयर बन्नु भयो भने के गर्छर्ुुन्ने लागेको छ?
    उत्तरः म जिम्मेवार व्यक्ति भएकोले हतारिएर काल्पनिक कुरा गर्नु हुँदैन । पहिलो कुरा त पार्टर्ीी उमेदवार बनाउछ कि बनाउदैन यो पनि अहिले सम्म भविष्यकै गर्भमा छ । दोस्रो उमेदवारी पाए पछि पनि जनताले माया गरेर जिताउनु पर्ने हुन्छ । त्यसैले अहिले नै हतार गरी आफ्ना योजना र्सार्वजनिक गर्ने बेला भएको छैन । म सँग बुटवल उप महानगरपालिकालाई नमुना महानगरपालिका बनाउने खालका विशिष्ट योजना र दृष्टिकोण छन् । ती दृष्टिकोण र योजनाहरु समयको माग र आवश्यकता भएको बेलामा अवश्य प्रस्तुत गर्ने नै छु । मैले आजसम्म जहँा जहँा जिम्मेवारी लिएको छु , ती सबै ठाँउमा कुशलता पर्ूवक कार्य सम्पादन गरेको छु । आफ्नो कार्यकुशलता र क्षमताले ती संस्थाहरुलाई निकै उचाईमा पुर्‍याएको छु । यसमा मलाई गौरवको अनुभूति पनि हुन्छ ।

    ४. बुटवल उप-महानगरपालिकामा एमालेको संगठन र प्रभाव कस्तो रहेको छ ?
    उत्तरः बुटवलमा एमाले सशक्त र प्रभावकारी रहेको छ । एमालेको र्सर्ूय चिन्हृमा आफ्नो मत दिन आम जनता आतुर छन् । एमालेको प्रभाव पनि दिन प्रतिदिन बढ्दो छ । यो क्षेत्रमा एमालेको राम्रो प्रभाव छ ।

    ५. के तपाईं, पार्टर्ीी साँच्चिकै टिकट दिन्छ भन्ने कुरामा विश्वस्त हुनुहुन्छ ?
    उत्तरः यस पटक बुटवलको मेयर पदमा एमालेले मलाई अवश्य उमेदवार बनाउने छ भन्ने कुरामा म पर्ूण्ातःविश्वस्त छु । यसो भनिरहँदा बुटवलमा एमालेबाट मेयरको उमेदवार हुन योग्य व्यक्तिहरुको लामो सूची छ । आकांक्षीहरु अवश्य धेरै हुनुहुन्छ । धेरै आकांक्षी र योग्य व्यक्तिहरु बिचबाट उमेदवार छनोट गर्ने कुरा स्वभाविक रुपमा नेतृत्वका लागि पनि निकै चुनौतिपर्ूण्ा छ । तर पनि मेरो उमेदवारीमा सबै आकांक्षीहरुले एक्येबद्धता र हार्दिक सहमति जनाउनु हुन्छ भन्ने कुरामा म विश्वस्त छु । मेरो माग र दाबी स्वभाविक र समय सापेक्ष छ भन्ने मैले ठानेको छु ।  - दैनिक पत्र, बुटवल

    Subjects:

  • No Comment to " एमालेको पक्षमा जनलहर आएको छ , बुटवललाई नमूना बनाउनेछु : चापागाइँ "