• निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर

    Reporter: Becoming Kishor
    Published: Sunday, June 4, 2017
    A- A+
    काठमाण्डौं, २१ जेठ– भरतपुरको वडा नम्बर १९ मा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णयका विरुद्ध आईतबार सर्वोच्च अदालतमा रिट दायर भएको छ ।




    भरतपुर वडा नम्बर १९ मा वडा सदस्यका उम्मेदवार रहेका गुञ्जमान विक र सोही वडाका मतदाता समेत रहेका अधिवक्ता तुलसीराम पाण्डेले सत्तापक्षको गठमेलबाट प्रभावित भई गैर संवैधानिक र गैर कानूनी र जालझेलपूर्ण ढंगले आयोगको निर्णय आएकोले निर्वाचन ऐनको दफा ५१ बमोजिम च्यातिएका मतपत्र बदर गरी बाँकी मतपत्रको गणना गर्न माग गर्दै रिट दायर गरेको अधिवक्ता टिकाराम भट्टराईले जानकारी दिए ।

    रिटमा मत्रपत्र कब्जाको पूर्व अवस्था नभएको र सत्तापक्षको पूर्वयोजना अनुसार जबर्जस्ती कब्जा गरिएको र आयोगले कानूनको गलत व्याख्या गरेको उल्लेख गरिएको छ । प्रहरीको प्रतिबेदन, घटनास्थलको अनुगमन टोलीको प्रतिबेदन र आयोग स्वयंले गठन गरेको छानबिन समितिको प्रतिबेदनमा समेत कब्जा गरेको भन्ने उल्लेख नभएको अवस्थामा आयोगले आफुखुसी कानूनको गलत व्याख्या गरी जालसाजपूर्ण निर्णय गरेको रिटमा दाबी गरिएको छ । -From Chakrapath

    Subjects:

  • No Comment to " निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर "