• एसिपिएलमा टाइगर्स र लायन्सको जित

    Reporter: Becoming Kishor
    Published: Tuesday, June 20, 2017
    A- A+
    काठमाडौं  – किर्तिपुरस्थित टियू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी एसियन क्लब प्रिमियर लिग (एसीपिएल) टि-२० अन्तर्गत  मंगलबारको खेलमा बंगलादेश टाइगर र श्रीलंकन लायन्सले जित हात पारेका छन्। पहिलो खेलमा बंगलादेश टाइगर्सले अफगानिस्तान बुल्सलाई ३ रनले पराजित गरेको थियो भने दोश्रो खेलमा श्रीलंकन लायन्सले इन्डियन स्टार्समाथि ५४ रनको जित दर्ता गर्यो ।



    बर्षाको कारण १८ ओभरमा छोट्याइएको खेलमा बंगलादेश टाइगर्सले अफगानिस्तान बुल्सलाई  १ सय २ रनको लक्ष्य दिएको थियो। अफगानिस्तान बुल्सले निधारित १८ ओभरमा ७ विकेट गुमाएर ९८ रन मात्र जोड्न सकेको थियो । टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको टाइगर्सले १८ ओभरमा ८ विकेटको गुमाउँदै १ सय १ रन बनाएको थियो । टाइगर्सका लागि अहमदले सर्वाधिक २७ रन जोडेका थिए। बुल्सका लागि हसनले ३ विकेट लिए ।

    दास्रो खेलमा भने पहिलो ब्याटिङ गरेको श्रीलंकन लायन्सले १ सय ५५ रनको लक्ष्य प्रस्तुत गरेको थियो। तर इन्डियन स्टार्स १५ ओभरमा अलआउट हुदैँ १ सय १ रनमा अलआउट  भएपछि खेल लायन्सले जितेको थियो।

    ६ टोली सहभागी प्रतियोगिताको बिजेताले २५ लाख भारु पाउनेछन् भने उपबिजेताले १० लाख र तेस्रो हुने टोलीले ५ लाख भारु पाउनेछन् । यस्तै हरेक खेलको म्यान अफ दि म्याचलाई १० हजार भारु दिइने छ । म्यान अफ दि सिरिजलाई कार पुरस्कार राखिएको छ ।

    Subjects:

  • No Comment to " एसिपिएलमा टाइगर्स र लायन्सको जित "