• ठूलो आवाज निकाल्ने मोटराइकल नियन्त्रण गरिने

    Reporter: Becoming Kishor
    Published: Wednesday, June 21, 2017
    A- A+
    काठमाडौं । बाटोमा हिँडदा चर्को आवाज निकालेर स्पीडमा बाइक कुद्दा तर्सिनु त भएको छैन् । तर अब यो अवस्था नरहने भएको छ । ट्राफिक प्रहरीले ठूला आवाज निकाल्दै कुद्ने मोटरसाइकललाई नियन्त्रणमा लिने बताएको छ ।



     बुधबार संसदको उपभोक्ता हित संरक्षण उपसमितिमा बोल्दै ट्राफिक प्रहरी महाशाखाका प्रमुख डीआईजी लामाले हर्न निषेध गरेपनि ठूलो आवाज निकाल्ने मोटरसाइकल समेत नियन्त्रण गर्ने योजना रहेको बताएका हुन । मुटु नै काँप्ने गरी आवाज आउने केही बाइकहरुका कारण ज्यान जोखिममा परेका घटना सुनाउँदै उनले यसबारेमा तत्काल कार्वाही अघि बढने बताए ।

    कतिपय कम्पनीका बाइकहरुमा प्राकृतिकरुपमा नै इन्जिनको ठूलो आवाज हुने भएपनि केहीले भने मोडिफाइ गरेर समेत ठूलो आवाज बनाउने बनाएको उनको भनाई थियो । यातायात ब्यवस्था विभागले यसरी मोडिफाई गरेर आवाज ठूलो निकाल्ने बाइकलाई रिङ्गरोडभित्र प्रवेशमा रोक लगाउन सकिने बताएको छ ।

    Subjects:

  • No Comment to " ठूलो आवाज निकाल्ने मोटराइकल नियन्त्रण गरिने "