• सारेको चुनावमा भाग लिने र निर्वाचन विरोधी कार्यक्रम फिर्ता लिने सहमति भएको छैनः ठाकुर

    Reporter: Arjun Bhattarai
    Published: Thursday, June 15, 2017
    A- A+
    काठमाडौं, १ असार– सत्तारुढ कांग्रेस, माओवादी र राजपाले प्रदेश नम्बर २ को निर्वाचन सार्ने र सत्तारुढ राजपाको आम हड्ताल स्थगित गर्ने सहमति गरे पनि आम हड्ताल भने स्थगन नगर्ने भएको छ । प्रदेश नम्बर २ को मात्रै नभएर ५ नम्बर प्रदेशको पनि तराई भूभागमा चुनाव स्थगित गर्न माग गर्दै सत्तारुढ राजपाले आम हड्ताल स्थगित नगर्ने वताएको हो ।



    तराई र पहाड अलग राष्ट्र भएको सन्देश दिनेगरी चुनाव स्थगन गर्न सत्तारुढ तीनवटै दल एकजुट भए पनि चनुाव स्थगनमा सम्पूर्ण तराई नसमेटिएको भन्दै ‘आन्तरिक विवाद’ प्रदर्शन गर्न थालेका छन् ।

    प्रदेश नम्बर २ को चुनाव सार्ने सहमति सत्तारुढ तीनै पक्षबीच भए पनि सत्तारुढ राजपा अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुरले आम हड्ताल स्थगन गर्ने र सारिएको चुनावमा सहभागि हुने कुनै सहमति नभएको बताएका छन् ।

    ठाकुरले निर्वाचन सार्ने बारेमा आफ्नो धारणा राखेर मात्र आएको र चनुाव सारेर पछि हुने चुनावमा भाग लिने नलिने विषयमा केही सहमति नगरेको वताए । ‘चुनाव सार्नु पर्ने विषयमा हामीले आफ्नो धारणा वताएर आएका छौं, सारेपछि हुने चुनावमा भाग लिने नलिने विषयमा केही सहमति भएको छैन’ राजपा बैठकमा ठाकुरको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘निर्वाचनको विरोधमा आयोजना गरेको आम हड्ताल स्थगित गर्ने विषयमा पनि कुनै सहमति भएको छैन ।’ राजपाको बैठक अहिले पनि चलिरहेको छ ।

    Subjects:

  • No Comment to " सारेको चुनावमा भाग लिने र निर्वाचन विरोधी कार्यक्रम फिर्ता लिने सहमति भएको छैनः ठाकुर "