• बैंकर र व्यबसायीलाई गाडिको व्यापार गर्न नपाउँदा टाउको दुखाई

    Reporter: Becoming Kishor
    Published: Thursday, June 22, 2017
    A- A+
    बैंकर र व्यबसायीलाई घरगाडिको व्यापार गर्न नपाउँदा टाउको दुखाई भएको छ । उनीहरुले सोमबार राष्ट्र बैंकले आयोजना गरेको मौद्रिक नीति सुझाव संकलन कार्यक्रममा यही कुरा व्यक्त गरे । गाडिको व्यापार गर्दे आएकाले गाडिको व्यापार घटेको बताए भने घर जग्गामा बली लगानी गर्न नपाउँदा समस्या आएको बैंंकर्स आफैले बताए । गत आबको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षापछि राष्ट्र बैंकले गाडि कर्जा ५० प्रतिशत बनाएको छ ।



    उत्पादन क्षेत्रमा लगानी बढाउन आग्रह गर्दै राष्ट्र बैंंकले यस्तो नीति ल्याएको हो । सोमबार राष्ट्र बैंकलाई सुझाव दिदै व्यबसायीले उत्पादन क्षेत्रमा लगानी बढाउनु भन्दा उत्पादन क्षेत्रकै परिभाषा बदल्न आग्रह गरे । उनीहरुले हस्पीटलमा गरेको लगानीलाई समेत उत्पादनमा परिभाषा गरी पाउँ भनेर अनुरोध गरे ।
    अधिकाँस उद्योगी व्यवसायी र सरोकारवालाले नेपाल राष्ट्र बैंक समक्ष आआफ्नो स्वार्थका सुझाव पेश गरे ।  मुलुक संघीयतामा गएको छ । ग्रामिण क्षेत्रको विकास अझै पनि अन्योलतामा छ । यही अबस्थामा गाडीको व्यबसाय गर्दै आएका उद्योग वाणिज्य महासंघमा समेत रहेका शौरव ज्योतीले गाडी कर्जाको डाउनपेमेन्ट घटाउन माग गरे । मौद्रिक नीतिमाथि सुझाव दिँदै उनले गाडी व्यबसाय धरापमा परेको भन्दै खुकुलो गर्न आग्रह गरे । उनले राजश्वतिर औला उठाउँदै गाडि व्यापार घट्दा राजश्व संकलन कम भई राज्यलाई घाटा परेको पनि बताए ।

    नेपाल अटोमोबाइल एसोसिएसनका अध्यक्ष समेत रहेका उनले ७० प्रतिशतसम्म गाडी कर्जा लिन पाउने व्यवस्था पुन लागु गर्न आग्रह गरे । राष्ट्र बैंकले चालू आवको मौद्रिक नीति समीक्षाको अर्ध वार्षिक समीक्षापछि गाडी कर्जामा कडाइ गरी ५० प्रतिशतमा झारेको छ । नेपाल बैकर्स संघको सुझाव पनि उस्तै छ । गाडी कर्जामा कडाइ गर्दा ऋण लगानी प्रभावित भएको बैकर्स संघको भनाई छ । बैकर्स संघका उपाध्यक्ष ज्ञानेन्द्र ढुंगानाले घरजग्गा र गाडिकै लगानीलाई फरोकिलो बनाउन माग गरे । उनले उत्पादनशील कर्जाको परिभाषै बदल्न लगाए । सिमेन्ट उद्योग, हस्पिटल लगायतका लगानीलाई पनि उत्पादनमा लैजान उनको सुझाव छ । उनी नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् ।

     नेपाल बंगलादेश बैंकको उत्पादन क्षेत्रमा १६ प्रतिशत मात्रै लगानी गरेको छ । गतबर्ष राष्ट्र बैंकले २० प्रतिशत अनिवार्य उत्पादन क्षेत्रमा लगानी गर्न भनेको थियो । नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले भने सुन आयात नीजि क्षेत्रलाई दिन आग्रह गरे । राष्ट्र बैंकले नियमन गर्ने गरी सुन आयात गर्न नीजि क्षेत्रलाई दिन मिल्नेगरी अघि बढ्न उनले सुझाव दिए । बैंकले मात्र सुन आयात गर्दा विकृति बढेको र त्यहाँ अन्य चलखेल भएको आशयको आरोप लगाए ।

    डेभलपमेन्ट बैंकर्स एसोसियसनका अध्यक्ष भरतराज ढकालले वाणिज्य बैंक र विकास बैंकको स्प्रेड दर फरक हुनुपर्ने सुझाव दिए । उनले ग्रामिण क्षेत्रमा विकास बैंकको योगदान रहेको पनि बताए । उनले गाउँमा लगानी गरेका विकास बैंकलाई वाणिज्य स्तरका बैंकसँग तुलना नगर्न सुझाव दिए । वित्त कम्पनी संघका अध्यक्ष सरोजकाजी तुलाधरले आगामि दिनमा फाइनान्स कम्पनी नरहने हुन कि भन्ने विषयमा चिन्ता ब्यक्त गरे । नेपाल चेम्बर अफ कमर्सका महासचिव कमलेश अग्रवालले आर्थिक वृद्धिलाई मध्यनजर गर्न सुझाव दिए । बैंकिङ खबर डट कममा प्रकासित

    Subjects:

  • No Comment to " बैंकर र व्यबसायीलाई गाडिको व्यापार गर्न नपाउँदा टाउको दुखाई "