• भित्रीपोल खुल्ने डरले निर्वाचन आयोगद्वारा मैनालीलाई जथाभावि नबोल्न दबाब (बिज्ञप्ती सहित)

    Reporter: Becoming Kishor
    Published: Tuesday, June 27, 2017
    A- A+
    काठमाडौँ १३ असार – स्थानीय तह दोस्रो चरणको चुनाबको मुखैमा सरुवा भएका गोपिनाथ मैनालीले आयोग भित्रका पोल खोल्न थालेपछि निर्वाचन आयोग आत्तिएको छ । निर्वाचन आयोगले मंगलबार बिज्ञप्ती नै निकालेर सचिव गोपीनाथ मैनालीले मन्त्रिपरिषदबाट भएको सरुवालाई लिएर निजामति प्रशासकको पदीय आचरण र मर्यादा विपरित गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

    आयोगले बिज्ञप्ती मार्फत निजामती प्रशासनको आचरण र मर्यादा विपरित भ्रामक र आधारहीन प्रचारबाजी गर्ने मैनालीलाई व्यवसायिक तथा नौतिक अनुशासनभित्र राख्ने वातावरण सृजना गर्न सरकारसमक्ष आग्रह समेत गरेको छ ।

    सरुवा भएपछि सचिव मैनालीले निर्वाचन आयोगका पदाधिकारीहरुले निर्वाचन सामाग्री भन्दा महंगा गाडी किन्न खोज्दा आफूले रोकेपछि सरुवा भएको भन्दै बिभिन्न सञ्चार माध्यमहरुसँग बताएका थिए । उनले निर्वाचन आयोगका प्रमूख आयुक्तले दिनमा ५ हजारको खाजा खाने गरेको र खाजा प्याकेट घरसम्म पु¥याउने गरेको तथा आफ्नै घरमा बसेर पनि घरभाडा स्वरुप खर्च लिने गरेको जस्ता भित्रि कर्तुतहरु खुलासा गरेका थिए ।

    आयोगले सचिव मैनालीले सञ्चार माध्यमहरुमा बताएको उक्त भनाईको मंगलबार विज्ञप्ति निकालेर खण्डन गरेको हो । आयोगले सचिव मैनालीमाथि पहिलो चरणको चुनावका क्रममा नियतवस बाधा पु¥याएको, अव्यवहारिक परामर्श, वारम्वार गैरजिम्मेवारपूर्ण र अनावश्यक दबाव तथा धम्की दिएको आरोप लगाएको छ ।


    Subjects:

  • No Comment to " भित्रीपोल खुल्ने डरले निर्वाचन आयोगद्वारा मैनालीलाई जथाभावि नबोल्न दबाब (बिज्ञप्ती सहित) "