• मोरङकी निकिता चन्दक भईन मिस नेपाल- २०१७

    Reporter: Becoming Kishor
    Published: Saturday, June 3, 2017
    A- A+
    काठमाण्डौ । यस वर्षको मिस नेपाल (हिडन ट्रेजर) मोरङ उर्लाबारीकी २० बर्षिया निकिता चन्दक भएकी छन् ।

    हिजो सम्पन्न प्रतियोगितामा सहभागी १९ जना युवतीलाई पछि पार्दै चन्दक मिस नेपाल २०१७ भएकी हुन् । उनलाई सन् २०१५ की मिस नेपाल अश्मी श्रेष्ठले ताज पहिर्‍याइदिइन् ।



    पछिल्लो समय लोकप्रियता घट्दै गएको ‘मिस नेपाल’को ताजलाई बर्षभरी आफ्ना कामका माध्यमबाट चर्चामा राख्नु नीकिताको मुख्य चुनौती देखिएको छ । चन्दकले भारतको ‘जेडी इन्स्टिच्यूट अफ फेसन टेक्नोलोजी’मा फेसन कम्यूनिकेशनको अध्ययन समेत गरेकी छिन् ।

    राष्ट्र बैंकका गर्भनर चिरञ्जिबी नेपालले ‘महिलाले देशको आर्थिक विकासमा कस्तो योगदान गर्न सक्छन्’ भन्ने प्रश्न सोधेका थिए । जसको जवाफ चन्दकले अरुको भन्दा उत्कृष्ट जवाफ दिदै उपाधि जितेकी हुन् ।

    यो बर्षको ‘मिस नेपाल अर्थ’को उपाधी रोजिना श्रेष्ठको पोल्टामा गयो भने ‘मिस नेपाल इन्टरनेशनल’को उपाधी नीति शाहले जितिन् । ‘

    निकिताले नेपाललाई प्रतिनिधित्व गर्दै आगामी मिस वर्ल्ड २०१७ मा सहभागी हुने अवसर पाउनेछिन् ।

    Subjects:

  • No Comment to " मोरङकी निकिता चन्दक भईन मिस नेपाल- २०१७ "