• दोस्रो चरण चुनाबमा पनि सोचेजस्तो नतिजा नआएपछि देउवा र प्रचण्डबीच बालुवाटारमा खासखुस

    Reporter: Becoming Kishor
    Published: Friday, June 30, 2017
    A- A+
    काठमाडौँ, १७ असार । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था, सरकार विस्तारलगायतका विषयमा छलफल भएको छ ।



    प्रधानमन्त्री निवास बालुवाटारमा सुक्रबार साँझ भएको भेटवार्ता सरकार सञ्चालन र मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा नै केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    भेटमा प्रधानमन्त्री र अध्यक्ष प्रचण्डबीच सत्ता समीकरण र सरकारका कामबारे समेत छलफल भएको थियो ।

    प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच थप गृहकार्य गरेर छिट्टै मन्त्रिपरिषद् विस्तार गर्ने र सरकार सञ्चालन एवम् दुई पार्टीबीचको सम्बन्धलाई थप बलियो बनाउने बारेमा कुराकानी भएको अध्यक्ष दाहालका प्रेस संयोजक मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो ।

    अध्यक्ष दाहालले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच पहिलोपटक बालुवाटारमा छलफल भएको हो । यसअघिका छलफल अध्यक्ष दाहालको निवास लाजिम्पाटमा नै हुने गरेको थियो । रासस

    Subjects:

  • No Comment to " दोस्रो चरण चुनाबमा पनि सोचेजस्तो नतिजा नआएपछि देउवा र प्रचण्डबीच बालुवाटारमा खासखुस "