• कांग्रेस सभापति देउवा प्रधानमन्त्रीमा निर्वाचित

    Reporter: Becoming Kishor
    Published: Tuesday, June 6, 2017
    A- A+
    काठमाडौं, २३ जेठ– कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । मंगलवार दोस्रो पटक बसेको संसदको बैठकले देउवालाई प्रधानमन्त्रीमा निर्वाचित गरेको हो ।



    मंगलवार भएको प्रधानमन्त्री निर्वाचनमा देउवाको पक्षमा ३८८ मत र विपक्षमा १७० मत परेको थियो । देउवाको पक्षमा कांग्रेस, माओवादी, लोकतान्त्रिक फोरम, राप्रपा, राजपा लगायतका दलका सांसदले मतदान गरेका थिए । विपक्षमा नेकपा एमाले, नेकपा माले, नेमकिपा लगायतका दलले मतदान गरेका थिए ।

    देउवालाई प्रधानमन्त्रीमा निर्वाचित गरियोस् भनेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रस्ताव गरेका थिए भने कांग्रेस नेता रामचन्द्र पौडेल, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार लगायतले समर्थन गरेका थिए ।

    यसअघि तीन पटक प्रधानमन्त्री भइसकेका देउवा गणतन्त्र प्राप्तिपछि चौथो पटक प्रधानमन्त्री भएका हुन् । उनी प्रधानमन्त्री भएकै बेला माओवादीले हिंसात्मक युद्ध सुरु गरेको थियो भने देउवाको अन्तिम दुई पटकको प्रधानमन्त्रीत्व कालमा संसदीय प्रजातन्त्र समाप्त भई राजाको प्रत्यक्ष शासन लागू भएको थियो । देउवालाई ०५९ असोज १८ र ०६१ माघ १९ गते चुनाव गराउन नसकेको भन्दै तत्कालीन राजा ज्ञानेन्द्रले असक्षम घोषणा गरेका थिए ।

    Subjects:

  • No Comment to " कांग्रेस सभापति देउवा प्रधानमन्त्रीमा निर्वाचित "