• नेपथ्यको वेम्ली एरिना कन्सर्टपछि दोश्रो नेपाली कन्सर्ट गराउँदै 'बी फेस्ट र पर्चा प्रोडक्सन'

    Reporter: Becoming Kishor
    Published: Sunday, June 4, 2017
    A- A+
    लण्डन, २१ जेठ - बी फेस्ट र पर्चा प्रोडक्सनले आगामी १७ जुनमा ‘जुन फेस्टिभल’ नाम दिएर लन्डन वेम्लीस्थित एसएसई एरिना कन्सर्ट गर्ने भएको छ । कन्सर्टका लागि लन्डन वेम्लीस्थित एसएसई एरिना विश्वप्रसिद्ध थलो मानिन्छ । यो हलमा कार्यक्रम गर्न कम्पनीको प्रोफाइल हेरेर मात्र अनुमति पाइन्छ । यसपालीको कन्सर्टको आयोजना 'बी फेस्ट र पर्चा प्रोडक्सन'ले गर्ने भएको हो ।



    सन् २०१३ मा पर्चा प्रोडक्सनले नै वेम्ली एरिनामा पहिलोपटक नेपथ्य ब्यान्ड लगेर कन्सर्ट गरेको थियो ।  १७ जुनमा हुने ‘जुन फेस्टिभल’ मा गायक विपुल क्षेत्रीसहित अल्बाट्रोस, कुटुम्ब एवं एज ब्यान्डले एकैपटक गीतसंगीत प्रस्तुत गर्ने आयोजक पर्चा प्रोडक्सनका प्रमुख कार्यकारी समीर गुरुङले जानकारी दिए ।

    कन्सर्टका लागि २५ सदस्यीय टोली आगामी १४ जुनमा लन्डन पुग्नेछ । साढे १२ हजार दर्शक क्षमताको उक्त भेन्युमा कम्तीमा १० हजार दर्शक उतार्ने अठोट आयोजकको रहेको छ । ३५ देखि ११ पाउन्डसम्म प्रवेश शुल्क तोकिएको उक्त कन्सर्ट करिब चार घण्टा चल्नेछ । कलाकारलाई अवसर र नेपाली गीतसंगीतको अन्तर्रा्ष्ट्रिय प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम गरिएको आयोजकले बताएका छन् ।

    Subjects:

  • No Comment to " नेपथ्यको वेम्ली एरिना कन्सर्टपछि दोश्रो नेपाली कन्सर्ट गराउँदै 'बी फेस्ट र पर्चा प्रोडक्सन' "