• १ भोटको १ हजार ! रकम बाँड्ने कांग्रेस कार्यकर्ता प्रहरी फन्दामा

    Reporter: Becoming Kishor
    Published: Tuesday, June 27, 2017
    A- A+
    काठमाडौं १४ असार – मौन अवधि सुरु भएपछि सोमबार राति दक्षिणी सिमाना झापा गाउँपालिकामा कांग्रेस कार्यकर्ता रकम बाढ्नेक्रममा प्रहरीको फन्दामा परेका छन् ।



    झापा गाउँपालिका–१ ग्वालाटोलका स्थानीय कांग्रेस कार्यकर्ता मोहमद अली हुसेन रकम बाढ्ने क्रममा पक्राउ परेका हुन् । उनलाई रकम बाँड्ने क्रममा माओवादी केन्द्र, एमाले र संघीय समाजवादी फोरमका कार्यकर्ताले नियन्त्रणमा लिएका थिए भने इलाका प्रहरी कार्यालय कुमरखोदले पक्राउ गरी नियन्त्रणमा लिएको छ ।

    उनले प्रतिभोट १ हजार नेपाली रुपैयाँका दरले वितरण गर्ने गरेको स्वीकारेका छन् । प्रहरीले सत्यतथ्य बुझेपछि हुसेनलाई थप कारबाही गर्ने बताएको छ । आजको गोरखापत्र दैनिकमा खबर छ ।

    Subjects:

  • No Comment to " १ भोटको १ हजार ! रकम बाँड्ने कांग्रेस कार्यकर्ता प्रहरी फन्दामा "