• चुनावको मिति पाँचौं पटक सार्दै सरकार

    Reporter: Becoming Kishor
    Published: Wednesday, June 14, 2017
    A- A+
    काठमाडौं, १ असार– चार पटकसम्म स्थानीय तहको चुनावी मिति तोक्दै सार्दै आएको सरकारले फेरि पाँचौं पटक पनि चुनाव मिति सार्ने गृहकार्य अघि बढाएको छ । हरेक पटक राजपालाई चुनावमा ल्याउने भन्दै मिति सार्दै आएको सरकारले यसपटक पनि उम्मेदवारी दर्ता गर्नु अघिल्लो दिन चुनाव मिति सार्ने तयारी गरेको हो ।



    राजपाले भने चुनावको मिति सारे पनि आफूले चुनावमा भाग नलिने वताएको छ । बुधवार प्रधानमन्त्री शेरबहादुर देउवाले राजपा सहित प्रमुख दलका शीर्ष नेताहरुको बैठक बोलाएका थिए । उक्त बैठकमा सत्तारुढ दल कांग्रेस र माओवादीले राजपा चुनावमा आउने भए मिति सार्ने वताएका थिए भने राजपा नेताहरुले मिति सार्दैमा आफूहरु चुृनावमा नआउने वताएका थिए । प्रमुख प्रतिपक्षी दल एमालेले भने चार पटकसम्म चुनाव सार्नुको औचित्य पुष्टि गर्न माग गर्दै अव पनि चुनाव सारे चुनाव नहुने जनाउँदै चुनाव मिति नसार्न माग गरेको थियो ।

    बैठकमा सहभागि एमाले नेताहरु चुनाव मिति नसार्न आग्रह गर्दै बाहिरिएपछि सत्तारुढ कांग्रेस, माओवादी र राजपा नेताहरुले चुनाव मिति सार्ने समझदारी गरेका छन् । एमाले नेताहरु बाहिररिएपछि राजपा सहित सत्तारुढ दलहरुको बैठक केहीबेर बसेको थियो । आन्दोलन जहाँ पुगेको भए पनि कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन भोट हाल्न संसदमा आउने गरेका राजपाका नेताहरुले भने अरु तहका चुनाव भने हुन नदिने वताउँदै आएका छन् ।

    Subjects:

  • No Comment to " चुनावको मिति पाँचौं पटक सार्दै सरकार "