• प्रदूषण जाँच गर्न सात ठाउँमा उपकरण जडान गर्ने तयारी

    Reporter: Becoming Kishor
    Published: Friday, June 16, 2017
    A- A+
    काठमाण्डौ । वातावरण विभागले आगामी आर्थिक वर्षमा धुवाधुलो प्रदूषण जाँच गर्ने उपकरण जडान गर्ने तयारी गरेको छ । काठमाण्डौ र पोखरा गरी सात ठाउँमा उपकरण जडान गर्ने योजना रहेको विभागका प्रवक्ता मोहनदेव जोशीले बताए ।



    काठमाण्डौमा चार र पोखरामा तीनवटा उपकरण जडान गरिनेछ । रत्नपार्क, कुपनडोल, धुलिखेल, सौराहा र लुम्बिनीमा यसअघि नै उपकरण जडान गरिसकिएको छ । देशभर ५६ स्थानमा उपकरण राख्ने सरकारी योजना छ । आर्थिकभार कम परोस् भनेर क्रमिक रूपमा उपकरण जडान गर्ने नीति लिइएको जोशीले बताए ।

    उपकरण जडान भएपछि प्रदूषण नियन्त्रण गर्न सजिलो हुने विभागको विश्वास छ । एउटा उपकरण जडान गर्न २० देखि २५ लाखसम्म खर्च हुने गरेको छ ।

    सबैभन्दा हानिकारक २.५ पिएम
    प्रदूषण मापन केन्द्रले दुई किसिमले मापन गर्दै आएको छ । एउटा २.५ पार्टिकुलर म्याटर (पिएम) मा अधिकतम ४० माइक्रोग्राम र अर्को १० पिएममा अधिकतम एक सय २० माइक्रोग्राम प्रतिघनमिटर हुनुपर्ने व्यवस्था छ । २.५ पिएम सबैभन्दा हानिकारक हुन्छ । यसले स–साना धूलो, धुवाँका कणलाई मापन गर्छ । यस्ता कण फोक्सो हुँदै रगतसम्म पुग्ने विज्ञहरूले बताएका छन् ।

    Subjects:

  • No Comment to " प्रदूषण जाँच गर्न सात ठाउँमा उपकरण जडान गर्ने तयारी "