• सरकारी अस्पताल परिसरमा निजी फार्मेसी चलाउन नपाइने

    Reporter: Becoming Kishor
    Published: Monday, June 5, 2017
    A- A+
    काठमाडौँ– सरकारले देशभरका सरकारी अस्पताल परिसरमा कुनै पनि निजी फार्मेसी (औषधि पसल) सञ्चालन गर्न नपाउने व्यवस्था गरको छ। मन्त्रिपरिषदले शुक्रबार पारित गरेको अस्पताल फार्मेसी निर्देशिकाको संशोधनमा अस्पताल परिसरभित्र (अस्पतालका कुनै पनि भवन तथा सम्पत्तिमा) अस्पतालको बाहेक कुनै पनि फार्मेसी राख्न नपाइने व्यवस्था  छ।



    अस्पताल परिसरमा रहेका निजी फार्मेसीका कारण औषधि बजारमा विकृति बढेको पाइएपछि सरकारले नयाँ व्यवस्था गरेको हो। अधिकांस ठूला सरकारी अस्पताल परिसरमा १५ लाखसम्म मासिक भाडा तिरेर निजी औषधि पसल सञ्चालनमा छन्। यस्ता पसलमा औषधिको मूल्यमा मनपरी फेला पारेपछि सरकारले नयाँ व्यवस्था गरेको स्वास्थ्य मन्त्री गगन थापाले जानकारी दिए।

    ‘बिरामीलाई सस्तो मूल्यमा गुणस्तरीय औषधि दिन हामी प्रतिबद्ध छौं,’ उनले भने, ‘यसका लागि हामीले कानुनमै सुधार गरेर काम अगाडि बढाएका हौँ।’ मन्त्री थापाले औषधि बजारका अन्य विकृति रोक्न पनि कानुन निर्माण गरिएको जानकारी दिए।

    संशोधित निर्देशिकाले देशभरका सबै सरकारी अस्पतालसहित प्राथमिक स्वास्थ्य केन्द्रमा अनिवार्य रुपमा फार्मेसी राख्ने व्यवस्था गरेको छ।
    (स्वास्थ्य खबरपत्रिका)

    Subjects:

  • No Comment to " सरकारी अस्पताल परिसरमा निजी फार्मेसी चलाउन नपाइने "