• काभ्रेको कोशीपारी जाँदै गरेको गरेको बस तीनपिप्लेमा दुर्घटना, ३८ जना घाइते

    Reporter: Becoming Kishor
    Published: Sunday, June 4, 2017
    A- A+
    पाँचखाल , २१ जेठ -काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको तीनपिप्लेमा आज बिहान एउटा बस सडकबाट झन्डै २० मिटर तल खस्दा ३८ जना घाइते भएका छन् । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।



    काठमाडौँबाट यात्रु लिएर जिल्लाको कार्तिके देउराली जाँदै गरेको बा२ख ६४४१ नंको बस अनियन्त्रित भएर अरनिको राजमार्ग सडकबाट तल खसेको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए  ।

    घाइते भएका अधिकांशको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । गाडीका चालक भने फरार रहेको प्रहरीले जनाएको छ । सो गाडीमा करिब ४५ जना यात्रु सवार थिए ।  रासस

    Subjects:

  • No Comment to " काभ्रेको कोशीपारी जाँदै गरेको गरेको बस तीनपिप्लेमा दुर्घटना, ३८ जना घाइते "