• समाजसेवाका लागि रकम जुटाउन पोखराका युवा युवतीहरु चटपटे र पानी बेच्दै

    Reporter: Becoming Kishor
    Published: Saturday, June 3, 2017
    A- A+
    जेठ २०/ नेपाल दैनिक/ पोखरा




    समाजसेवाका लागि रकम जुटाउन पोखराका युवा युवतीहरु चटपटे र पानी बेच्दै

    पोखरा – ८  सिर्जना चोक मेट्रोसीटि हस्पिटल आगाडी UYN को दोश्रो भेटघाट सुसम्पन्न भएको छ । उक्त भेटघाटमा UYN पोखराका सदस्यहरुको  सहभागिता रहेको थियो । भेटघाटको मुख्य उदेश्य  UYN पोखराको नयाँ कार्ययोजनाको  तयारी र  UYN को भाबी योजनाको बारेमा  छलफलमा केन्द्रित रहने थियो. । यद्दपी कतिलाई जानकारी नभएको  उल्लेखनीय रुपमा संख्या नपुगेकोकारण   उक्त भेटघाटबाट निकै महत्वपूर्ण निष्कर्ष ननिस्के पनि   केहि बिषयमा छलफल भएको छ  ।

    भएका छलफल र निस्कर्ष :

    UYN पोखराले आउदो २४ गते पोखरा देखि नजिकैको कुनै गाउंमा प्रेरणात्मक (motivational event) कार्यक्रम गर्ने भएको छ । उक्त कार्यक्रममा  कार्यक्रम कहाँ र कुन स्थानमा गर्ने भन्ने कुरा अझै निश्चित भै नसकेको जानकारी पत्रकारहरुलाई दिईएको छ । कार्यक्रम बिसेष गरि भर्खरी प्लस टु र एस-एल-सीको परीक्षा दिएर बसेका युवा युवतीलाई लक्षित गरिने भएको छ । यो उमेरका युवा युवतीलाई मुख्य रुपमा समाबेश गर्नुको कारण यो उमेर समुहका युवा युवतीहरु साथी भाइको लै लहिमा  लागेर आफ्नो अमुल्य समय र जीवन खेरा फालेका हुन्छन यस्ता युवा युवतीलाई लक्षित् गर्दै केहि मान्य व्यक्तिहरुको सहयोगले प्रेरणा दिन सक्यो भने कुलतमा नाफस्न्को सत्तो जीवन उपयोगी कार्य गर्छन र यस्तो कार्यबाट टाडै रहन्छन् भन्ने रहेको UYN पोखराकी संयोजक प्रतिक्ष्या रेग्मीले पत्रकारलाइ  जानकारी गराउनु भएको छ ।

    त्यस्तै अर्को कार्यक्रम उच्च सिक्ष्या हासिल गर्न भन्दै विदेशीने र उतै पी-आर होल्डर बनि नेपाललाइ भुल्नेको लागि लक्षित हुने छ । आहिले बिसेष गरि युवा युवतीहरुलाइ विदेश भन्दा नि नेपालमै सिक्ष्या हासिल गरुन भन्दै प्रेरणात्मक कार्यक्रम दिने जानकारी पत्रकारहरुलाई दिएको छ कार्यक्रमको लागि रकम खाचो हुने भएकोले रकम जुटाउन ३ गते पोखराका भिभिन्न स्थानमा मिनिरल वाटर, पानि पुरी इत्यादी बेची आएको आम्दानी उपयोग गर्ने जानकारी प्रेस संयोजक सरु पौडेलले जानकारी दिएकी छन् । यो उमेरका युवा युवतीहरु रमाइलो गर्नमा ध्यान दिन्छन तर पोखराका युवा युवतीहरु समाज सेवामा लागेको देखेर पोखरा आसपासका युवा युवतीहरुलाइ राम्रो सिक मिल्ने  र उनीहरुको यस कार्यमा उनीहरुलाइ  साथ  समेत दिने केहि अग्रजहरु भन्छन ।

    आजको कार्यक्रममा उल्लेख्नीय मात्रमा सदस्यहरुको सहभागिता नभएकोले कार्यक्रम अन्य दिनमा फेरि बैठक बसी   बृस्तित छलफल गर्ने हाम्रो सगरमाथाकि कास्की प्रमुख तथा UYN कि कास्की  मेडिया संयोजक सरु पौडेलले पत्रकारहरुलाई जानकारी दिएकी छिन साथै कार्यक्रम मुख्य गरि रक्त समुहको पहिचान गर्न   र रक्द दान कार्यक्रमको बारेमा  छलफल गर्ने रहेको थियो यसको छलफल  छलफल गर्ने जानकारी UYN कि पोखरा संयोजक प्रतिक्षा रेग्मीले जानकारी दिएकी छिन । UYN NEPALको अफिसियल मीडिया PARTNER हाम्रो सगरमाथा डट कम रहेको छ ।  UYN पोखराको आगामी भेटघाट अर्को सनिबार २७ गते हुने छ ।

    Subjects:

  • No Comment to " समाजसेवाका लागि रकम जुटाउन पोखराका युवा युवतीहरु चटपटे र पानी बेच्दै "