• रोकियो काठमाडौंका जनप्रतिनिधिको 'स्मार्ट फोन'

    Reporter: Becoming Kishor
    Published: Friday, June 23, 2017
    A- A+
    असार १०, २०७४ काठमाडौं : महानगरको नगर कार्यपालिकाले नगर कार्यपालिकाका प्रमुख, उपप्रमुख र सदस्यहरूका लागि मोबाइल फोन खरिद गर्ने निर्णय कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नगर कार्यपालिकाको गत ६ असारमा बसेको दोस्रो बैठकले नगर कार्यपालिकाका प्रमुख, उपप्रमुख र सदस्यहरूका लागि महँगो मूल्यको मोबाइल फोन खरिद गर्ने निर्णय गरेको थियो।



    महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूको सुरुवाती शैली नै सुविधाभोगी र विलासी देखिएको भन्दै सो निर्णयको विरोध गरिएको थियो। आफ्नो निर्णय सर्वत्र विरोध भएपछि नगर कार्यपालिकाको बैठक बसी हाललाई सो निर्णय कार्यान्वयन गर्ने निर्णय गरेको छ। महानगरका नवनिर्वाचित प्रमुख विद्यासुन्दर शाक्यले बैठकपछि जारी गरेको विज्ञप्तीमा बढीमा ३० हजार रुपैयाँसम्मको मोबाइल किन्ने गरिएको निर्णय हाललाई कार्यान्वयन नगर्ने उल्लेख छ। तर गत ६ असारमा बसेको बैठकले प्रमुख र उपप्रमुखका लागि जति महँगो भए पनि मोबाइल किनेर बिल पेश गर्नुपर्ने र नगर कार्यपालिका सदस्यहरूका लागि बढीमा ३० हजार रुपैयाँसम्मको मोबाइल किन्न सकिने निर्णय गरेको थियो।

    तर शुक्रबार जारी विज्ञप्तिमा बढीमा ३० हजार रुपैयाँसम्मको मोबाइल किन्ने निर्णय हालका लागि कार्यान्वयन नगर्ने निर्णय गरिएको उल्लेख छ। बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचित कार्यपालिका सदस्यहरूलाई जनताको सेवा गर्न, जनप्रतिनिधि र जनताबीच सूचना र सम्पर्क जीवन्त गर्न, समग्र सेवा र विकास कार्य प्रभावकारी बनाउने उद्देश्यले असल नियतका साथ मोबाइल फोन प्रयोग गर्न बढीमा ३० हजार रुपैयाँ निकासा दिर्ने निर्णय भएकोमा सो निर्णय हाल कार्यान्वयन नगर्ने।’

    Subjects:

  • No Comment to " रोकियो काठमाडौंका जनप्रतिनिधिको 'स्मार्ट फोन' "