• झापामा एक साता विताएका केशव स्थापितले ओलीलाई दिए यस्तो गोप्य सूचना

    Reporter: Becoming Kishor
    Published: Friday, June 23, 2017
    A- A+
    झापा, ९ असार– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्लामा चुनाव प्रचारका क्रममा असार ३ गते झापाको भद्रपुरमा ओर्लिएका काठमाडौं महानगरपालिकाका पूर्व मेयर एवं विकासवादी नेता केशव स्थापित झापा र इलामका दर्जन भन्दा बढी कार्यक्रममा सहभागी भए ।



     स्थापित भद्रपुर झर्ने वितिक्कै खेलाडीहरुले उनको भव्य स्वागत गरेका थिए । राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य सचिब समेत रहेका स्थापितलाई खेलाडीहरुले ‘भाग्य विधाताको’ संज्ञा दिए । ओलीको गृहनगर दमकमा मतदाताका सामु  विकासका लागि स्थापितले अघि सारेका योजना सुनेर उत्साहित नुहुने कोही थिएनन् । काठमाडौं महानगरसँग दमक नगरपालिकाको भगिनी सम्बन्ध स्थापना गर्ने स्थापितको घोषणाले दमकबासी उत्साहित देखिएका छन् । यसका लागि दमकमा एमालेका उम्मेदवार रोमनाथ ओली र गीता अधिकारीको टिम विजयी हुनुपर्ने स्थापितको सर्तलाई सबैले स्वीकार गरे ।

    बिपक्षीका हजार हल्लालाई स्थापित एउटै सत्यले रसातलमा पुर्याउने क्षमता राख्छन् । दमकमा बसेर झापाको चुनाव नियालेका स्थापितले त्यहाँ एमालेले जित्ने निश्कर्ष निकालेका हुन् । ‘जो कमजोर छ उसैले अर्काको साहरा खोज्ने हो, झापामा त मैले के देखेँ भने एउटाले आज एउटासँग तालमेल गरेको भन्छ भोलि अर्काेसँग तालमेल भयो भनेर हल्ला चलाउँदो रहेछ’ स्थापितले भने, ‘अनि मैले ठहर गरेँ त्यहाँ एमालेले बाहेक अरुसँग जित्ने आत्मविश्वास नै छैन ।’  स्थापित सात दिन झापा बसे ।

    त्यहाँको बसाइमा ठूला आमसभाको उपस्थिति पनि उनले हेरे । त्यसबाहेक दमक ३ का सर्वसाधरण, दमकमा ५ का सुकुम्बासी, दमक १० का पार्टी कार्यकर्ता, दमक ८ का सर्वसारधण, दमक पव्लिक लाइब्रेरी, दमक बजारमा माओवादी केन्द्रका असन्तुष्ट समूह र राप्रपाको युवा खेमासँग भेटघाट गरे । ती सबैसँगको भेटपछि उनले निश्कर्ष निकाले–दमकमा रोमनाथ ओलीले अव जितिसके ।

    काठमाडौं महानगरमा एमालेको चुनावी कमाण्ड सम्हालेका चुनावी रणनीतिका कुशल योजनाकार स्थापित  आइटी प्रयोगमा पनि पोख्त छन् । उनी त्यहीँबाट विपक्षीको पनि सूचना लिन्छन् । त्यसै आधारमा उनले दमकको चुनावी नतिजाको भविश्यवाणी गरेका हुन् । ‘समृद्धिको एमाले नाराले सबै मतदातालाई करोडपति बनाउँछ’ स्थापितले भने, ‘मतदाताको दिमागमा त्यसले बास गरिसक्यो । यस्तो अवस्थामा अरुले जेसुकै आश्वासन दिउन् मान्छे फर्किंदैनन् ।’  बुधबार साँझ स्थापितले माओवादी, राप्रपा र काँग्रेसको असन्तुष्ट समहुसँग गोप्य भेटघाट गरे । त्यसपछि उनी राती नै एमालेको स्थानीय नेतृत्वसँग छलफलमा बसे ।

    दिउसो गौरादह नगरपालिकामा एमाले अध्यक्ष केपी ओली सहभागी हुने आमसभामा सहभागिताका लागि पुगेका स्थापितलाई अध्यक्ष ओलीले सोधे ‘के रहेछ दमकको स्थिति ?’ स्थापितको जवाफ थियो ‘दमकमा एमालेले चुनाव जितिसक्यो । घोषणा हुन मात्र बाँकी हो ।’ ओलीले स्थापितलाई ठूला आमसभामा समय दिन भन्दा पनि कोठे बैठक र चुनावी सूचना संकलन गरेर विश्लेषण गरी रणनीति बनाउन सुझाए ।

    माओवादीको असन्तुष्ट समुहले स्थापितलाई एउटा गजवको सूचना दिए । दमकमा पनि माओवादीले भरतपुरमा जस्तै मतपत्र च्यात्ने योजना बनाएको छ । त्यसैले यो प्रवृत्तिसँग सजग रहन बेलैमा प्रशासनलाई सुझाउनुपर्ने सुझाव एमालेलाई उनीहरुले दिएका छन् । यस्तै राप्रपाका असन्तुष्टहरु राजा र हिन्दुको नारा बोकेर चुनाव जित्न नसकिने भएकोले इमान्दार उम्मेद्वार रोमनाथ ओलीलाई नै मत हाल्न सहमत देखिएका छन् । यसैगरी दमकको विकासका लागि ‘समृद्ध दमक मोडल’को कार्ययोजना अघि सारेकी एमालेकी उपमेयरकी उम्मेद्वार गीता अधिकारीका पक्षमा विद्यार्थी, वुद्धिजीवी र स्वतन्त्र मतदाता रहेकोले सबभन्दा बढी मतान्तरमा उपमेयर जित्ने स्थापितले सुनाएका छन् । कांग्रेसकी उपमेयरकी उम्मेद्वारले छोरी बुहारीको नाता अघि सारेपछि कांग्रेसका आममतदाता नातावादको विरुद्धमा मत हाल्ने तयारीमा छन् ।  -चक्रपथबाट

    Subjects:

  • No Comment to " झापामा एक साता विताएका केशव स्थापितले ओलीलाई दिए यस्तो गोप्य सूचना "