• सुकुम्बासी वस्तीमा माओवादीले नक्कली धनीपूर्जा बाँड्दैगर्दा प्रहरी पुगेपछि..

    Reporter: Becoming Kishor
    Published: Friday, June 23, 2017
    A- A+
    काठमाडौं, ९ असार– स्थानीय तहको चुनाव प्रचारका क्रममा शुक्रवार बिहान धरान उपमहानगरपालिका ५ को सुकुम्बासी वस्तीमा माओवादीका मेयर उम्मेदवार आइन्द्रविक्रम बेघा आफ्ना सहयोगीसाथ छिरे । तस्बिरमा देखाइएको नक्कली जग्गाधनी प्रमाण पूर्जा बोकेका माओवादी कार्यकर्ता सहित पुगेका उनले त्यहाँ छोटो कार्यक्रम नै गरे । वस्तीका हरेक सुकुम्बासीलाई लाइन लगाएर उनले ‘जग्गा धनी प्रमाण पूर्जा’ बाँडे । तर, त्यहाँ बाँडिएको जग्गा थिएन, जग्गा धनी प्रमाण पूर्जा मात्रै थियो जुन पूर्जाले सुकुम्वासीले जग्गा पाउँदैनन् ।



    पूर्जामा छाप जग्गाको कित्ता नम्बर र क्षेत्रफल केही छैन बरु त्यहाँका भूमिहीन सुकुम्बासीको नाम लेखिएको थियो र माओवादीको चुनाव चिन्हको छाप लगाइएको थियो ।  सुकुम्बासीहरुले प्रश्न गरे– यो प्रमाणपत्रले जाग्गा पाइन्छ त ? आइन्द्रविक्रमले जवाफ दिए– चुनावमा माओवादीलाई भोट दिएपछि भोट दिएको प्रमाण लिएर आए जग्गा पाइन्छ । यसरी सुकुम्बासी वस्तीमा नक्कली जग्गाधनी पूर्जा वितरण गरिरहेको प्रहरीले थाहा पायो । करिव ५० जनालाई नक्कली धनीपूर्जा वितरण गरिसकेपछि प्रहरी पुग्यो ।

    प्रहरी पुगेपछि माओवादी टोली सुकुम्बासी वस्ती छोडेर हिंड्यो ।  चुनावमा झुठ आश्वासनको अर्काे नमुना देखियो बुटवलमा । बुटवल उपमहानगरपालिकामा सत्तारुढ कांग्रेस–माओवादी गठबन्धन एमाले विरुद्ध खडा छ । मेयरमा एमालेका शिबराज सुवेदी छन् भने कांग्रेस माओवादी गठबन्धनले कांग्रेसका खेलराज पाण्डेलाई मेयर उम्मेदवार बनाएको छ । अव रोचक कुरा– कांग्रेस माओवादी गठबन्धनले आफूले जिते बुटवललाई प्रदेश नम्बर ५ को राजधानी बनाउने चुनावी नारा अघि सारेको छ । यो किन रोचक भयो भने कांग्रेस र माओवादीको सरकारले बुटवललाई ५ नम्बर प्रदेशबाटै हटाउनेगरी संविधान संशोधन प्रस्ताव अघि सारेको छ ।

    प्रदेश नम्बर ५ मै नराख्ने तयारी गरेको बुटवललाई कसरी प्रदेश नं ५ को राजधानी बनाउने आश्वासन बाँडेको भनी मतदाताले कांग्रेस माओवादी गठबन्धनसँग प्रश्न सोध्न थालेका छन् ।फेरि बिहीबार नेपालगञ्जको चुनावी कार्यक्रममा गएर माओवादी अध्यक्ष पुष्पकमल दाहालले नेपालगंजलाई प्रदेश ५ को राजधानी बनाउने भाषण गरिसकेका छन् । बुटवल र नेपालगंजमा एकैपटक र एकै दिन झुठ बोल्नेगरी चुनावी नारा कांग्रेस माओवादीले बनाएको यो प्रमाण हो ।

    सत्तारुढ नेपाली कांग्रेसको ट्वीटर ह्याण्डल छ नेपाली कांग्रेस । त्यसले बुटवलमा आफ्नो पक्षमा जनसागर उत्रेको देखाउन एमालेको सभाको फोटो प्रस्तुत गरेको छ । तस्बिरलाई भाइरल बनाउन भन्दै कांग्रेस कार्यकर्तालाई निर्देशन समेत दिइएको उक्त तस्बिर भने ५ नम्बर प्रदेश नफुटाउन एमालेले आन्दोलन गर्दा बुटवलमा भएको सभाको हो । सोही तस्बिरलाई कांग्रेसले आफ्नो सभा भनेर प्रचार गरिरहेको छ ।  -चक्रपथ बाट


    Subjects:

  • No Comment to " सुकुम्बासी वस्तीमा माओवादीले नक्कली धनीपूर्जा बाँड्दैगर्दा प्रहरी पुगेपछि.. "