• 'वान चाइल्ड पोलिसी' पछि चीनमा 'वान डग पोलिसी' : अटेर गरे जरिमाना

    Reporter: Becoming Kishor
    Published: Thursday, June 8, 2017
    A- A+
    एजेन्सी - एक सन्तान नीतिबाट चर्चित चीनले पछिल्लोपटक एक कुकुर नीति लागु गर्ने तयारी गरेको छ । अहिले चीनका केही सहरहरुमा यो नीति लागु गरिएको छ । यो नीति पूर्णरुपमा लागु भएमा चीनमा एक परिवारले एक भन्दा बढी 'पेट डग'  राख्न पाउने छैनन् । चीनको क्विनदाओले आज बिहिबार विज्ञप्ति जारी गर्दै एक भन्दा बढी कुकुर पाल्ने परिवारलाई दुई हजार युवान अर्थात् नेपाली ३० हजारको हाराहारीमा जरिमाना लाग्ने उल्लेख गरेको छ ।



    कुकुरको पालनमा चीनको प्रतिबन्ध यतिमा मात्र सीमित छैन, उसले विभिन्न ४० प्रजातिका कुकुर पालना समेत रोक लगाएको छ । ती चालीस प्रजातिमा विश्वकै सबैभन्दा महँगो टिबेटियन मस्टिफ देखि आयात गरिने पिट बुल, दोब्रेमेन  लगायत छन् । यो नियम लागु हुनु पूर्व पहिले नै कसैसँग एक भन्दा बढी जनावर रहे उसलाई भने नियमले असर गर्ने छैन ।

    यो नियम लागु भगसँगै आफ्ना पेट डगहरुको अनिवार्य दर्ता गर्नुपर्ने पनि बेइजिङ न्युजले जनाएको छ । यसरी आफ्नो कुकुरको दर्ता गर्न ४०० युवान लाग्ने बताएको छ ।

    सडकमा दैनिक रुपमा कुकुरको आक्रमणबाट हुने दुर्घटना तथा चोटपटक न्यूनीकरण गर्न क्विनदाओले यस्तो नीति अपनाएको स्थानीय अधिकारीले जानकारी दिएको बेइजिङ न्युजले लेखेको छ ।

    चिनियाँ नागरिकहरूले स्टेटको पछिल्लो निर्णयप्रति असन्तुष्टि जनाएका छन् । चिनियाँ माइक्रोब्लगिंग साइट वेबोमा सरकारको नियमन ठीक भएपनि अनावश्यक दर्ता शुल्कको भने चर्को बिरोध भएको छ । अर्का प्रयोगकर्ताले पछिल्लोपटक सरकारले अवलम्बन गरेको एक शिशु नीतिले के गर्यो भनेर सोधेका छन् ।

    क्विनदाओले जारी गरेको नियम चीनमा भने पहिलो होइन, सन् २००९मा सिचुवान प्रान्तको चेन्गदूमा यो नीति लागु भइसकेको छ । यता जियांगमेनमा कुकुर नै पालना नपाउने नीति सन् २०११ मा सार्वजनिक भयो तर व्यापक विरोधका कारण यो नीति स्थानीय प्रशासनले फिर्ता लियो ।

    Subjects:

  • No Comment to " 'वान चाइल्ड पोलिसी' पछि चीनमा 'वान डग पोलिसी' : अटेर गरे जरिमाना "