• असफल हुने बाटोमा सलमानको ‘ट्यूबलाइट’, इदमा पनि कमजोर व्यापार

    Reporter: Becoming Kishor
    Published: Tuesday, June 27, 2017
    A- A+
    एजेन्सी, इद भन्ने बित्तिकै बलिउडका चर्चित नायक सलमान खानको केहि नया चलचित्रको याद गरिन्छ । उनले आफ्नो चलचित्र सधैं इदमा रिलिज गर्ने गर्दछन्।



    यसपटकको इदमा पनि उनले उनका नयाँ चलचित्र रिलिज गरेका थिए । तर, अहिलेको इदमा सार्वजनिक भएको उनको चलचित्र सलमानका लागि निकै कमजोर साबित भएको छ । शुक्रबारबाट रिलिज भएको चलचित्र “ट्यूबलाइट” ले ४ दिनमा पनि सय करोडको नेट कलेक्शन गरेन । त्यसैले यो चलचित्र फ्लप हुने चान्स धेरै छ। यो चलचित्रले शुक्रबार २१.१५ करोडको व्यापार गरेको थियो भने शनिबार २१.१७ करोडको व्यापार गरेको थियो । आइतबार बिदाको दिन भएपनी चलचित्रको व्यापार २२.४५ करोड मात्र भयो । अझैपनी इदको बिदामा चलचित्रले राम्रो व्यापार गर्ने अपेक्षा गरिएको थियो । तर इद को दिन त झन् साबिकको दिन भन्दा पनि कम १९.०९ करोडको कारोबार गर्‍यो । ४ दिनमा चलचित्रले जम्माजम्मी ८३.८६ करोडको कमाई गरेको छ ।

    यसपटक सलमानको ‘ट्यूबलाइट’ लाई डेढ सय करोड कमाउन पनि गाह्रो हुने देखिएको छ । यदि चलचित्रले २ सय करोड भन्दा तलको व्यापार गरेको छ भने चलचित्र असफल सूचीमा पर्नेछ। २ बर्ष अगाडि रिलिज भएको “बजरंगी भाइजान’ ले भने ३२० करोड कमाई गरेको थियो ।

    Subjects:

  • No Comment to " असफल हुने बाटोमा सलमानको ‘ट्यूबलाइट’, इदमा पनि कमजोर व्यापार "