• मतदाता परिचयपत्र नभए पनि भोट हाल्न पाइने, तर चाहिन्छन् यी कागजात

    Reporter: Becoming Kishor
    Published: Tuesday, June 27, 2017
    A- A+
    काठमाडौँ १३ असार – मतदाता परिचयपत्र नभए पनि भोट हाल्ल पाइने भएको छ । निर्वाचन आयोगले अन्तिम समयमा आएर लचिलो हुँदै भोलि हुने स्थानीय तहको दोस्रो चरणको मतदानमा मतदाता परिचयपत्रबाहेक अन्य सरकारी कागजातलाई पनि मान्यता दिने निर्णय गरेको छ । यसअघि पहिलो चरणको निर्वाचनमा पनि आयोगले सरकारी परिचयपत्रको आधारमा भोट हाल्न पाउने ब्यवस्था गरेको थियो ।



    आयोगको सोमबार बसेको बैठकले दोस्रो चरणको स्थानीय तहको निर्वाचन प्रयोजनार्थ तयार पारिएको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले कुनै कारणवशः मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा वा प्राप्त गरेका मतदाताले परिचयपत्र हराएमा वा नष्ट भएमा उसको मताधिकार सुनिश्चित गर्न यस्तो निर्णय लिएको प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

    फोटोसहितको मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदाता परिचयपत्रका अतिरिक्त नेपाली नागरिकताको प्रमाणपत्र वा २०७० सालमा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र वा राहदानी वा सवारीचालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्रसमेतका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

    साथै मतदाता नामावली तथा मतदाता परिचयपत्रमा सामान्य त्रुटि पाइएमा स्थानीय तह निर्वाचन निर्देशिका, २०७३ को दफा ४८ बमोजिम सानोतिनो भूलचुक मानी निजको नागरिकता प्रमाणपत्रको विवरणलाई मूल आधार लिई मतदान गर्न दिने व्यवस्था मिलाउन समेत आयोगले सम्बन्धित सबैलाई निर्देशन दिएको छ । निर्वाचन आयोग लचिलो देखिएपछि धेरैले परिचयपत्रकै कारण मतदानबाट बञ्चित हुनुपर्ने अबस्था नहुने अपेक्षा गरिएको छ ।

    Subjects:

  • No Comment to " मतदाता परिचयपत्र नभए पनि भोट हाल्न पाइने, तर चाहिन्छन् यी कागजात "