• काठमाडौं महानगरले स्मार्टसिटीको काम थाल्यो, डिलक्स बस र फोहोरबाट विजुली

    Reporter: Becoming Kishor
    Published: Tuesday, June 27, 2017
    A- A+
    बिनु पोखरेल, (चक्रपथ) काठमाडौं, १३ असार
    काठमाडौं महानगरपालिकाले निर्वाचित प्रतिनिधि पाएको २८ औं दिनमा दुई महत्वपूर्ण काम थालनी गरेको छ । महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यलेले साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितलाई १२ वटा डिलक्स वस र एउटा सेमी लो फ्लोरबसका लागि मंगलवारर ५ करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।  फोहोरबाट बिजुली निकाल्ने ‘बायोमिथानेशन’ प्लान्टको मंगलबार नै महानगरका मेयर शाक्यले मंगलवार नै उद्घाटन गरे ।



    महानगरपालिकाले डिलक्स वस र एउटा सेमी लो फ्लोरबसका लागि साझालाई ५ करोड रुपैयाँको चेक हस्तान्तरण गरेको हो । महानगरले प्रदान गर्ने रकमबाट साझाले नेपालमै पहिलोपटक ‘सेमी लो फ्लोर’ बस ल्याउनेछ । यसका लागि आपूर्तिकर्ता कम्पनीसँग सम्झौता भइसकेको छ । बस ल्याउन आजै प्रतितपत्र (एलसी) खोलिएको छ ।  ‘सार्वजनिक यातायातमा फड्को मार्ने उद्धेश्यले यो काम गर्न लागेका हौं । स्मार्टसिटी भित्र स्मार्ट ट्रान्सपोटेशन र स्मार्ट कार्डको ब्यवस्था गर्ने भनेका थियौं’ शाक्यले भने, ‘साझा यातायातको सेवा यसका लागि प्रभावकारी भएकाले साझासँग सहकार्य गरेका हौं ।’ उनले भूकम्पपीडितलाई बाँडेका ट्याक्सी असल नियतका साथ नै काठमाडौंमा नगुडाउन भनेको र त्यसको उद्धेश्य पनि काठमाडौंबाट मसिना गाडी हटाएर ठूला गाडी गुडाउन खोजिएको वताए ।   सो बसलाई काठमाडौं महानगरबाट वरिपरीका नगरमा अन्तर नगर यातायातका रुपमा सञ्चालन गरिने शाक्यले वताए ।

    काठमाडौं महानगरबाट अन्य महानगर उपहमहानगर तथा नगरस्तरीय यातायातका उक्त बस सञ्चालन गरिनेछ ।  ४० सिट हुने सो बसका सिट पट्याउन मिल्छ, जसमा  डिलक्स बसमा उलपब्ध हुने सबै सुविधा हुनेछ । त्यस्तै काठमाडौंभित्र सञ्चालन गर्न ‘सेमी लो फ्लोर बस’ किन्ने सम्झौता पनि भएको छ । लो फ्लोर बसमा चढ्न र ओर्लन अपांगता भएका तथा अशक्त बिरामीहरुलाई लिफ्टको जरुरी पर्दैन । यस्ता बस सुविधासम्पन्न र आरामदायी हुन्छन् ।

    काठमाडौंको फोहोरबाट १४ किलोवाट बिजुली 

    महानगरपालिकाले फोहोरबाट बिजुली निकाल्ने ‘बायोमिथानेशन’ प्लान्टको मंगलबार नै उद्घाटन गरेको छ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र नेपालका लागि युरोपियन युनियनका राजदूत रेन्स जे टिरिंकले संयुक्त रुपमा उदघाटन गरेका हुन् ।  युरोपियन युनियनको ८० प्रतिशत आर्थिक सहयोगमा निर्माण गरिएको प्लान्टले टेकुमा फोहोरबाट १४ किलोवाट बिजुली निकाल्छ । जसमा काठमाडौं महानगरमा दैनिक जम्मा हुने ३ टन फोहोरबाट १४ किलोवाट बिजुली निकालिन्छ । प्लान्टबाट मिथेन ग्यास उत्पादन भइरहेको छ भने यही ग्यासबाट बिजुली उत्पदन सुरु भएको छ । विजुली उत्पादनका लागि टर्वाइन जडान गरिएको छ । फोहोरमैला व्यवस्थापन केन्द्रमै बायोमेथालाईजेशन प्लान्टको स्थापना गरी विद्युत, जैविक मल र प्रशोधित पानी उत्पादन हुन्छ । फोहोरमैला व्यवस्थापनको कामलाई दीगो रुपमा अघि बढाउन यसलाई सञ्चालनमा ल्याइएको महानगरपालिकाका मेयर शाक्यले बताए । ‘महानगरको फोहोरलाई दीगो रुपमा ब्यवस्थापन गर्ने र त्यसबाट ऊर्जा उत्पादन गरी दोहोरो फाइदा लिन सकिन्छ’ शाक्यले भने, ‘यसले वातावरणलाई स्वच्छ राख्ने हाम्रो चाहना पनि छिटै पूरा हुन्छ ।’ प्लान्टबाट दैनिक ३ सय किलोग्राम जैविक मल, ९६ किलोग्राम बायो ग्याँस र ५ सय लिटर प्रशोधित पानी उत्पादन हुन्छ । प्लान्टबाट १४ देखि २० किलोवाटसम्म बिजुली निकल्ने महानगरपालिकाले जनाएको छ ।

     पार्किङ महल र मेट्रोरेलका लागि प्रस्ताव बन्दै  
    काठमाडौंका मेयर शाक्यले काठमाडौंको पार्किङलाई ब्यवस्थित गर्न पार्किङ महल बनाइने, महानगरका मुख्य बजारलाई २४ घन्टा खुला राख्ने प्रयास भइरहेको वताए । पार्किङ महलका लागि विभिन्न ठाउँ छनौट भइरहेको र त्यहाँ ठूला महल बनाउने तयारी भएको उनले वताए । ‘पार्किङ महलका लागि विभिन्न ठाउँ छनौट गर्ने काम हुँदैछ’ शाक्यले भने, ‘निर्माणका लागि विभिन्न कम्पनीहरुसँग कुरा चलिरहेको छ ।’ उनले काठमाडौंमा मेट्रोरेल र केबुल गाडीका लागि विभिन्न दातृ निकायसँग कुरा भइरहेको पनि वताए ।

    Subjects:

  • No Comment to " काठमाडौं महानगरले स्मार्टसिटीको काम थाल्यो, डिलक्स बस र फोहोरबाट विजुली "