• संसद्को अवरोध हटाउन तीन दल सहमत

    Reporter: Becoming Kishor
    Published: Monday, June 5, 2017
    A- A+
    काठमाडौँ, जेठ  । प्रमुख राजनीतिक दलहरूबीच एक सातादेखि संसद््मा जारी राजनीतिक गतिरोध अन्त्य गर्ने सहमति भएको छ । सभामुख ओनसरी घर्तीको पहलमा बसेको प्रमुख दलका शीर्ष नेताबीचको बैठकमा सदन अवरोध हटाउनेसहित चारबुँदे सहमति भएको छ ।



    सहमतिअनुसार मङ्गलबारको सदनको दोस्रो बैठकले नयाँ प्रधानमन्त्री चयन गर्नेछ । प्रधानमन्त्रीमा काँग्रेस सभापति शेरबहादुर देउवाको एकल उम्मेदवारी परेको छ । प्रधानमन्त्रीमा देउवाको पक्षमा सहज बहुमत पुग्ने देखिएको छ । प्रमुख राजनीतिक दलबीच भएको सहमतिअनुसार मङ्गलबार संसद््का दुई बैठक बस्नेछन् । पहिलो बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानमन्त्रीका उम्मेदवार शेरबहादुर देउवा र विपक्षी दलका नेता केपी शर्मा ओलीले सम्बोधन गर्नुहुनेछ ।

    सहमतिअनुसार बैठकमा सत्तारुढ दलका नेताहरूले आगामी माघ ७ भित्र तीनै चरणका निर्वाचनमा समयमा सम्पन्न गर्नेमा प्रतिबद्धता जनाउनु हुनेछ । यस्तै, निर्वाचन स्वतन्त्र र स्वच्छ रूपमा सम्पन्न गर्नेमा सत्तारुढ दलका नेताहरूले प्रतिबद्धता व्यक्त गर्नु हुनेछ । सोमबारको दलीय सहमतिमा विपक्षी दलका नेता ओली भने सहभागी हुनु भएको थिएन ।

    दलहरूबीच दोस्रो संविधानसभा निर्वाचनमा भएको भनिएको धाँधली छानबिनका लागि गठित संसद्ीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने दलीय सहमति भएको छ । सद्भावना नेता लक्ष्मणलाल कर्णको संयोजकत्वमा गठित उक्त समितिले प्रतिवेदन भने अहिलेसम्म सभामुखलाई बुझाइएको छैन ।

    शीर्ष नेताबीच भएको सहमतिअनुसार मङ्गलबारको सदनको दोस्रो बैठकमा प्रधानमन्त्री चयनको प्रक्रिया अघि बढाइनेछ । प्रधानमन्त्रीमा काँग्रेस सभापति देउवाको एकल दाबी छ । देउवालाई माओवादी केन्द्र, फोरम लोकतान्त्रिकसहितका दलको समर्थन छ । मनोनयन दर्तामा औपचारिक रूपमा समर्थनमा हस्ताक्षर नगरे पनि सङ्घीय समाजवादी फोरम राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत देउवालाई समर्थन दिने जनाउ गरिसकेका छन् ।
    सदनमा सत्तापक्षका नेताहरूले निर्वाचनका क्रममा भरतपुरसहित विभिन्न जिल्लामा देखिएका घटना आसन्न र बाँकी निर्वाचनमा नदोहो¥याउने प्रतिबद्धता जनाउने छन् । दलीय प्रतिबद्धतापछिको दोस्रो बैठकले प्रधानमन्त्री चयन गर्नेछ । संसद््को पहिलो बैठकमा नै प्रधानमन्त्री चयनका लागि राष्ट्रपति कार्यालयले पठाएको पत्र वाचन हुनेछ भने, संसद् सचिवालयले प्रकाशन गरेको प्रधानमन्त्री चयनको कार्यतालिका पनि पहिलो बैठकले नै अनुमोदन गर्नेछ ।

    प्रमुख दलको छलफलपछि एमाले वरिष्ठ नेता झलनाथ खनालले भरतपुरमा उत्पन्न परिस्थितिका कारण अवरोध भएको संसद्् आइन्दा निर्वाचमा यस्ता कुनै पनि गतिविधि नगर्ने सत्तारुढ दलको प्रतिबद्धतापछि सुचारु गर्न सहमत भएको बताउनुभयो ।

    माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले संविधान कार्यान्वयन र निर्वाचनका विषयमा विपक्षी दलले खोजेका प्रतिबद्धता सदनबाटै सम्बोधन गर्ने समझदारीमा सदन सुचारु हुने बताउनुभयो । श्रेष्ठले भन्नुभयो, ‘संविधान कार्यान्वयन र तीनै चरणको निर्वाचन तोकिएको समयमा स्वतन्त्रपूर्वक सम्पन्न गर्ने प्रतिबद्धता खोज्नुभयो । त्यस्तो प्रतिबद्धता सदनबाटै हुनुपर्छ भन्ने धारणा पनि हामीले मनन ग¥यौँ । त्यसमा सहमति भयो । भोलिदेखि संसद््को अवरोध हट्छ । ’

    उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले सदनको अवरोध हटाउनेमा एमाले सहमत भएको बैठकपछि बताउनुभयो । निधिले भन्नुभयो, ‘अवरोध हटाउने सहमति भएको छ । पहिलो बैठकमा राष्ट्रपतिको पत्र र कार्यतालिका पेस हुनेछ । दोस्रो बैठकले प्रधानमन्त्री चयन गर्नेछ । ’

    यसैबीच नेपाली काँग्रेसका तीन नेता र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच सोमबार ओली निवास बालकोटमा भेट भएको छ । संसद्् बैठकको अवरोध हटाउने विषयमा छलफल गर्न काँग्रेस नेता विमलेन्द्र निधि, ज्ञानेन्द्रबहादुर कार्की र प्रदीप गिरी ओली निवास बालकोट पुग्नुभएको हो ।

    काँंग्रेसका नेता निधिले अध्यक्ष ओलीसँग संसद््को अवरोध अन्त्य गर्नेबारे भएको छलफल सकारात्मक रहेको बताउनुभयो । प्रधानमन्त्रीको निर्वाचनमा कांँगे्रसलाई सहयोग गर्न एमाले अध्यक्ष ओलीलाई आग्रह गरिएको नेता निधिले बताउनुभयो ।

    अध्यक्ष ओलीले भन्नुभयो, एमाले सहमतिको बाधक छैन, सत्ता पक्षको दम्भ र अनुचित कार्यले समस्या देखिएको हो, समस्या समाधानका लागि सकारात्मक छ । नारायण काफ्लेले गोरखापत्रमा लेख्नु भएको छ ।

    Subjects:

  • No Comment to " संसद्को अवरोध हटाउन तीन दल सहमत "