• केपी ओली सहभागि भएको एमालेको सभा स्थल नजिकै बम भेटियो

    Reporter: Becoming Kishor
    Published: Sunday, June 25, 2017
    A- A+
    बुटवल ११ असार – एमालेको सभा चलिरहेको स्थानमा बम भेटिएका छन् । सभा चलिरहेको स्थानको पारितिर जेनेरेटर मुनी शंकास्पद झोला राखिएको देखेपछि सभामा सहभागी भएर फर्किन लागेकाहरुले सुरक्षाकर्मीले तत्कालै खबर गरेका थिए ।



     सुरक्षाकर्मीले झोलामा रहेको बमलाई निश्क्रिय पारेका थिए । यस्तै भैरहवास्थित सिद्धार्थ नगरपालिकाका उपमेयरका एमाले उम्मेदवार उमा काफ्लेको घरमा पनि पेट्रोल बम राखिएको थियो । सबै बमहरु सुरक्षाकर्मीले निश्क्रिया पारेकाले मानवीय क्षति हुन पाएन ।

    यसअघि पनि एमाले उम्मेदवार ओमसतिया गाउँपालिकाका इन्द्रजीत यादवको घरमा पनि सकेट बम राखिएको थियो । भने एमालेकै बर्दघाट नगरपालिकाका मेयरका उम्मेदवार धिरज शर्माको घरमा बम राखिएको थियो ।

    Subjects:

  • No Comment to " केपी ओली सहभागि भएको एमालेको सभा स्थल नजिकै बम भेटियो "